सोमवार, पौष १३ २०७७
काठमाडौं । नेपालको राजनितिमा चिनले पछिल्लो समय अलि बढिनै चासो दिन थालेको छ । खासगरी नेपाल कम्युनिष्ट पार्टीको विवादमा चिनिया पक्षले चासो देखाउँदै आएको लुकेको छैन । अहिले औपचारिक घोषणा मात्रै हुन बाँकी रहेको नेकपाको फुट जोगाउन चिनले अन्तिम पहल गरेको छ ।
त्यसका लागि हिजो चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यचौ नेतृत्वको उच्च स्तरिय प्रतिनिधिमण्डल काठमाडौं आएको छ ।
उक्त टोलीले हिजो साँझ नै राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री समेत रहनुभएका नेकपा ओलीपक्षका अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता गरिसकेको छ ।
कम्युनिष्ट पार्टीको प्रतिनिधित्व गर्दै आएको चार सदस्यीय टोलीले आज बिहानैदेखि प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ संग उहाँकै निवास खुमलटार पुगेर भेटवार्ता गरेको हो ।
खुमलटारपछि अर्का अध्यक्ष माधव नेपाललाई उक्त टोलीले बानेश्वर पुगेर भेटेको छ । येचौ नेतृत्वको टोली र नेकपाका नेताहरु बीच के कुरा भयो बाहिर आएको छैन । तर चिनियाँ टोलीले नेकपाको फुट जोगाउन अन्तिम कसरत गरिरहेको सहज अनुमान गर्न सकिन्छ । किनकी येचौ तिनै नेता हुन जसले ३ वर्ष अघि तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतामा अहम भुमिका खेलेका थिए ।
पत्रकार सतिश चापागाईंको अभिनय रहेको यो म्युजिक भिडियो हेर्नुहोस।
यद्यपि, चिनियाँ टोलीको अहिलेको भ्रमणलाई लिएर राजनीतिक विश्लेषकहरुको आ–आफ्नै विश्लेषण छ । राजनीतिक विश्लेषक पुरञ्जन आचार्य चिनिया टोली विभाजित नेकपा मिलाउनै आएको दावी गर्नुहुन्छ
यता अर्का विश्लेषक सुरेन्द्र केसीको मत भने भिन्नै छ । चिनले प्रयास गरेपनि नेकपा विभाजन नरोकिने केसीको भनाइ छ । अब नेकपा कुनै हालतमा पनि जुट्न नसक्ने विश्लेषक केसी ठोकुवा गर्नुहुन्छ ।
यता दाहाल नेपाल पक्षका नेकपा नेता तथा पूर्वमन्त्री मातृका यादवले यदि चिनियाँ टोली नेकपालाई फुटको दिशाबाट फर्काउन आएको हो भने सबैभन्दा पहिले प्रधानमन्त्रीलाई विश्वासमा लिनुपर्र्ने तर्क राख्नुहुन्छ । यद्यपी चिनियाँ टोलीको यो प्रयास सफल हुनेमा नेता यादवको शंका छ ।
त्यसो त यसअघि पनि पटक–पटक विवाद हुँदा चिनको सक्रिय सहभागीताले विवाद मिल्न सहयोग पु¥याएको थियो । यद्यपी अहिले नेकपाका दुवै पक्ष धेरै नै टाढिइसकेकाले चिनको यसपालीको प्रयासले उलटफेर हुने अवस्था न्यून रहेको विश्लेषण भैरहेको छ ।
पत्रकार सतिश चापागाईंको अभिनय रहेको यो म्युजिक भिडियो हेर्नुहोस।