काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत जाने तयारीमा रहेका छन् । अध्यक्ष दाहाल पत्नी सीता दाहाललाई स्वास्थ्य उपचारका लागि भारत जान लागेका हुन् ।
खुमलटार स्रोतका अनुसार लामो समयदेखि बिरामी रहेकी सीतालाई यसै साता भारतमा उपचारका लागि लैजाने तयारी गरिएको हो ।
भारतमा कहाँ उपचार गराउने भनेर त्यहाँ स्थित चिकित्सक र अस्पतालसँग परामर्श भइराखेको प्रचण्डको सचिवालयले जनाएको छ । नेपालमा दाहालको उपचारमा संलग्न चिकित्सकहरुले पनि नेपालको उपचारका लागि भारत जान सुझाव दिएको सचिवालयले जनाएको छ ।
पत्रकार सतिश चापागाईंको अभिनय रहेको यो म्युजिक भिडियो हेर्नुहोस।