Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

नेपाल स्वयंसेवक संघ लुम्बिनी प्रदेशद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल स्वयंसेवक संघ लुम्बिनी प्रदेशद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेप्लिज डायस्पोरा

१४, पौष २०७७
images
नेपाल स्वयंसेवक संघ लुम्बिनी प्रदेशद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न

पौष १२, पाल्पा ।

'देशको रक्षा गर्नु नै हाम्रो अभियान´को मूल नारासँगै नवनियुक्ति नेपाल स्वयंसेवक संघ लुम्बिनी प्रदेशले १२ जिल्लाका जिल्ला अध्यक्ष तथा प्रतिनिधिको सहभागीता गराई पुस ११ गते लुम्बिनी प्रदेशको राजधानी दाङको भालुबाङमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षण कार्यक्रममा नेपाल स्वयंसेवक संघ प्रशिक्षण विभागकी अध्यक्ष बिमुन्स पौडेलको प्रमुख अतिथ्यता र नेपाल स्वयंसेवक संघ लुम्बिनी प्रदेश अध्यक्ष शिवराज पोख्रेल ज्युको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन लुम्बिनी प्रदेश सचिव नारायण आचार्य `गुनाखर´ले गर्नु भएको थियो ।

नेपाल स्वयंसेवक संघको विधानलाई स्पष्ट पार्दै कार्यक्रम प्रशिक्षक बिमुन्स पौडेलले अरुको सेवामा समर्पित हुनु आफ्नो भविष्य चिन्नु रहेको बताउनुभयो । उहाँले सबैभन्दा ठूलो धर्म समाज सेवा रहेको र समाज सेवा गर्दा अहित हुने सिद्धान्त कुनै धर्ममा नरहेको पनि स्पष्ट पार्नुभएको थियो ।

यसैगरी लुम्बिनी प्रदेशका नेपाल स्वयंसेवक संघ साथै यसका भातृ संगठनलाई सक्रिय भएर समाज सेवामा लाग्न अनुरोध गर्दै प्रदेश कार्यसमितिको तर्फबाट आवश्यक सल्लाह, सुझाव तथा सहयोग सदैव रहने बताउनुभयो ।


एक दिवसिय अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेश कार्यसमितिबाट उपाध्यक्ष सीता अर्याल, महासचिव युवराज अर्याल, प्रवक्ता नारायण सेन, सदस्यहरू सूर्यनारायण बटला क्षेत्री , विष्णु खनाल लगायत कुशल व्यावसायी, समाजसेवी, सामाजिक अभियन्ता खिमराज पोख्रेल एवं गोकुल अर्याल समेतको उपस्थिती रहेको थियो l

पत्रकार सतिश चापागाईंको अभिनय रहेको यो म्युजिक भिडियो हेर्नुहोस।

 

images
प्रकाशित मिति :पौष १४, २०७७ मंगलवार - २३:३२:११ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend