पौष १२, पाल्पा ।
'देशको रक्षा गर्नु नै हाम्रो अभियान´को मूल नारासँगै नवनियुक्ति नेपाल स्वयंसेवक संघ लुम्बिनी प्रदेशले १२ जिल्लाका जिल्ला अध्यक्ष तथा प्रतिनिधिको सहभागीता गराई पुस ११ गते लुम्बिनी प्रदेशको राजधानी दाङको भालुबाङमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षण कार्यक्रममा नेपाल स्वयंसेवक संघ प्रशिक्षण विभागकी अध्यक्ष बिमुन्स पौडेल ज्युको प्रमुख अतिथ्यता र नेपाल स्वयंसेवक संघ लुम्बिनी प्रदेश अध्यक्ष शिवराज पोख्रेल ज्युको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन लुम्बिनी प्रदेश सचिव नारायण आचार्य `गुनाखर´ ज्युले गर्नु भएको थियो ।
नेपाल स्वयंसेवक संघको विधानलाई स्पष्ट पार्दै कार्यक्रम प्रशिक्षक बिमुन्स पौडेलले अरुको सेवामा समर्पित हुनु आफ्नो भविष्य चिन्नु रहेको बताउनुभयो । उहाँले सबैभन्दा ठूलो धर्म समाज सेवा रहेको र समाज सेवा गर्दा अहित हुने सिद्धान्त कुनै धर्ममा नरहेको पनि स्पष्ट पार्नुभएको थियो ।
यसै गरी लुम्बिनी प्रदेशका नेपाल स्वयंसेवक संघ साथै यसका भातृ संगठनलाई सक्रिय भएर समाज सेवामा लाग्न अनुरोध गर्दै प्रदेश कार्यसमितिको तर्फबाट आवश्यक सल्लाह, सुझाव तथा सहयोग सदैव रहने बताउनुभयो ।
एक दिवसिय अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेश कार्यसमितिबाट उपाध्यक्ष सीता अर्याल, महासचिव युवराज अर्याल, प्रवक्ता नारायण सेन, सदस्यहरू सूर्यनारायण बटला क्षेत्री , विष्णु खनाल लगायत कुशल व्यावसायी, समाजसेवी, सामाजिक अभियन्ता खिमराज पोख्रेल एवं गोकुल अर्याल समेतको उपस्थिती रहेको थियो l
नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतिश चापागाईंको रचना र अभिनयको यो गीत सुनेर कमेन्ट गरिदिनु होला। डायस्पोराको युट्युब च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला।