(छन्द-वंशस्थ १२१-२२१-१२१-२१२
"बहर ए मीर" 22-22-22-22-2)
टिपे नफक्रे पनि या लुछे यहाँ !
गुलाफ फुल्नै नदिने भए यहाँ !
बने विरोधी हनुमान नै स्वयम्,
भए निकम्मा जब नाइके यहाँ !
थिए तराई र पहाड ती खुसी,
अचेल छैनन् श्रम छर्किने यहाँ !
छ जिन्दगी त्यो मझधारमा तर,
म उड्छु भन्दैछ अझै मुसे यहाँ !
उदास देख्दैछु म आज चाँदनी,
कि अश्रु झार्दैछ कि जूनले यहाँ !
- इटहरी सुनसरी हाल : मलेसिया।