Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

कविता: तिमीलाई देखे पछि! - विमल नेपाल

कविता: तिमीलाई देखे पछि! - विमल नेपाल

images
कविता: तिमीलाई देखे पछि!  - विमल नेपाल

 

टिम टिम टिम टिम
आकाशमा चम्कने ताराहरु
आजभोलि मनमा पनि चम्किन थाले
सूर्य र चन्द्रले मात्र होइन
धर्तीमा, ताराले पनि उज्यालो छर्न थाले!
तिमीलाई देखे पछि!

टिम टिम टिम टिम उत्तरमा चम्किने
ध्रुब तारा मलाई हजुरआमाले
चिनाउनु भएको थियो बालकैमा,
अक्षर चिनेपछि
आमाले सप्तर्षि नअस्ताउदै उठ्न सिकाउनु भयो
त्यसपछि नै हो मलाई पनि
आकाश मनमोहक लाग्न थालेको
तारा गन्दै अन्धकारमा
काल्पनिक चित्र बनाउदै
आफैलाई बिर्सन थालेको!

किशोर हॅुदा बाबाले
टिम टिम टिम टिम चम्किने
त्यही तारागणको बीचमा
राशि र समय चक्रको
क्यालेन्डर सुझाउनु भयो,
स्कूलमा गुरूले आकाशगंगा बुझाउनु भयो

आज अकस्मात मेरो स्वतन्त्र र बयस्क चक्षुले
कसैले नदेखेको, कसैले पत्ता नलगाएको
एउटा तारा देखें
अरबौं ताराहरूकोबीचमा!
सुन्दर, शान्त र दिव्य!

यो तारा मेरोलागि
ध्रुवतारा भन्दा पनि उज्यालो छ
सौर्य मंडलभन्दा पनि दिव्य छ
आकाशगंगा पनि फिक्का छ,
चमत्कारै भयो
जुन दिन मैले हृदयबाटै नयॅा तारा देखें
अरु ताराहरुले पनि
धर्तीमा उज्यालो छर्न थाले!
तिनै ताराहरूले अर्केष्ट्रा समेत गाउन थाले!

टिम टिम टिम टिम
आकाशमा चम्कने ताराहरु
आजभोलि मनमा पनि चम्किन थाले!
सूर्य र चन्द्रले मात्र होइन
धर्तीमा, ताराले पनि उज्यालो छर्न थाले!
तिमीलाई देखे पछि!

१४ जनवरी २०२१
क्याम्ब्रिज, म्यासाच्यूसेट्स

 

रामकृष्ण ढकालको स्वर, आलोक श्रीको संगीतमा सतीश चापागाईंको शब्द र अभिनयको यो गीत हेनुहोस

 

 

 

images
प्रकाशित मिति :माघ ४, २०७७ आइतवार - ०७:४९:४५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend