Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

महिला सशक्तिकरणसम्बन्धी भर्जुअल बिश्व सम्मेलन सम्पन्न

महिला सशक्तिकरणसम्बन्धी भर्जुअल बिश्व सम्मेलन सम्पन्न

Madhuri

७, माघ २०७७
images
महिला सशक्तिकरणसम्बन्धी भर्जुअल बिश्व सम्मेलन सम्पन्न

 

 
१७ जनवरी २०२१,
पोर्चुगल, गत आइतवार महिला सशिक्तकरणसम्बन्धी भर्चुअल बिश्व सम्मेलन सम्पन्न भएको छ । सम्मेलन अन्तर्राष्ट्रिय नेपाली समाज (आईएनएस) को अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र र महिला समितिले संयुक्तरुपमा आयोजना गरेको हो ।


आईएनएसका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्रका मुख्य कार्यकारी निर्देशक अर्जुन घिमिरेको अध्यक्षतामा संचालित कार्यक्रममा मुख्य अतिथि प्रा डा टंकनाथ शर्मा (पूर्व डीन, केयू) आमन्त्रित मुख्य अतिथि इजरायलका लागि नेपाली राजदूत डा अंजन शाक्य, अतिथिहरु प्रा डा श्रीराम प्रसाद उपाध्याय, प्रा डा बासुदेव काफ्ले, पर्यवेक्षक प्रा डा सुशन आचार्य, सह प्रा डा भगवती उपाध्याय, प्रा डा लक्ष्मण ज्ञवाली, सह प्रा डा प्रकाशचन्द्र भट्टराई, उप प्रा डा सुरेश गौतम, प्रा डा मोतीलाल घिमिरे, र समालोचक तथा विश्लेषक प्रा डा रेणु थापा, प्रा डा विष्णु कार्की, प्रा डा पुष्पलाल दमाई, साहित्कार तथा समालोचक महेश पौडेल, सह प्रा डा नारायण गैरे, भाषाविद् डा तारामणि राई, अनुसन्धानकर्ता डा भूपाल पाण्डे, सह प्रा डा पुष्पा घिमिरे लगायत विशिष्ट व्यक्तित्व र अन्य टिप्पणीकारहरुका साथै विस्वभरबाट नेपलीहरुको ब्यापक सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्ने क्रममा डा अंजन शाक्यले भनिन् , "महिलाहरू समाजको ज्योति हुन्। यदि देशलाई सर्बाङिण विकासको आवश्यकता छ भने देशका सबै क्षेत्रमा महिला सहभागिता आवश्यक छ।" प्रा डा मीरा मिश्राले "नेपाली महिलाको अवस्था, महिला सशक्तिकरणका लागि गरिएका प्रयास र अग्रगामी मार्गहरु" बारे बोलिन्। "लैङगिक सन्तुलन र लैङगिक समानताका लागि महिलाले भान्छाको जिम्मेवारी र कानून भन्दा पर जानै पर्छ, राम्रोसँग बुझ्नु र कार्यान्वयन गर्नुपर्दछ," मिश्रले भनिन्। प्रा डा बिन्दु पोखरेलले "महिला, समाज र राजनीति: नेपालमा महिला सशक्तिकरणको सन्दर्भमा विश्वमा महिलाको स्थिति" बिषयमा कार्यपत्र प्रस्तुत गर्दै भनिन्, "हाम्रो समाजमा उच्च स्तरमा लैंगिक विभेद रहेको छ। यदि नेपाली महिलाले आफ्नो मानसिकता परिवर्तन गरेनन् र आफ्नो वृत्ति बिकास गर्नु भनेको आफ्नालागि राम्रो श्रीमान प्राप्त गर्नु हो भन्ने सोचले मात्र उनी कहिल्यै सशक्त हुन सक्दिनन्।

"अर्को प्रखर तथा महान प्यानलिस्ट, प्रख्यात महिला कार्यकर्ता र वरिष्ठ पत्रकार, नम्रता शर्माले "कानून, ऐन, संविधान, र महिला सशक्तिकरण" लाई प्रकाश पार्दै भनिन्, "संयुक्त राष्ट्र सङघले मानव अधिकारको सुनिश्चितता गरिसकेको छ र विश्वका धेरै देशहरुले पहिले नै एउटा समूह बनाइसकेका भए पनि महिलाहरु अझै विश्वव्यापी विभेदको रुपमा रहेका छन्।" उनले थपिन्, "हामी सबैले प्रश्न सोध्नुपर्दछ कि मानवअधिकारको घोषणा गरेको झण्डै एक शताब्दी पछि पनि महिलालाई भेदभाव किन गरिएको छ?"

महिला, बालाबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकि चिन्तक शान्ता लक्ष्मी श्रेष्ठले, "महिलावादी आन्दोलनको ऐतिहासिकता र यसको प्रभाव" भन्ने विषयवस्तुमा दिइएको प्रस्तुतिमा "महिलाले अझै पनि चाहेको उपलब्धि हासिल गर्न अझ धेरै लामो यात्रा गर्न बाँकी छ। त्यसैले आशातित लक्ष्य हासिल गर्न निरन्तर क्रान्ति हुनुपर्दछ," भनिन्।

महिला शिक्षा अभियन्ता तथा साहित्यकार, डा जानुका पौडेलले, "साहित्य, महिला र महिला सशक्तिकरण" माथि प्रकाश पारिन। उनले आफ्नो कार्यपत्रमा नेपाली साहित्यका सबै प्रख्यात र सम्मानित योगदानकर्ताहरूलाई सम्बोधन गरिन्।मानवशाश्त्री तथा वरिष्ठ पत्रकार डा बार्बरा निम्री अजीज (युएसए) ले "नेपालमा महिलासँग काम गर्दाका प्रतिबिम्ब - बौद्ध भिक्षुणिदेखि लिएर कट्टरपन्थी राजनीतिक असन्तुष्टहरू - १९६९ देखि अहिलेसम्म" भन्ने शिर्षकमा उल्लेख गरिन कि १३ बर्ष नेपालमै बसेको नाताले निष्कर्समा भन्नू पर्दा महिला अधिकार प्रयोग गर्ने क्रममा नेपाली महिलाको अवस्था नाजुक छ।


त्यसैले उनीहरूलाई प्रतिस्पर्धी बनाउन सशक्त बनाउनुपर्दछ। शरीर, कलाकारिता बिज्ञ र महिला इतिहासकार डा लरिसा डोमिन (जर्मनी) ले "विश्वमा महिला सशक्तिकरणको इतिहास, संस्कृति, चुनौति, विरोधाभास र मार्गचित्र" भन्नेमा अभिब्यक्ती दिदै बिश्वभरि नै महिला सशक्तिकरणमा धेरै काम खड्किरहेको स्पष्ट पारिन्। महिला विद्वत बिज्ञ सुसाना क्रिमर (अस्ट्रिया)ले "ज्ञान् , दृष्टिकोण, पध्धति र बिश्वमा महिला ज्ञानको संकट" भन्ने शिर्षकमा आफ्नो बिचार, ज्ञान् र अनुभव व्यक्त गरिन्।

उक्त सम्मेलनले महिलाको अवस्थालाई पुरूष बराबरीमा ल्याउनका लागि १० बुँदे प्रस्ताव पारित गर्दै नेपाल लगायत संसारका सबै देशका सरकारहरुलाई कार्यान्वयन गर्न दबाब दिने समेत जनाएको छ। कार्यक्रमलाई सुचारु गर्नका लागि उपाध्यक्ष डा स्वामी कृष्ण, महासचिव अर्जुन श्री, प्रबक्ता चन्द्रकुमार फुयाल, वरिष्ठ उपाध्यक्ष श्याम सुबेदी तथा उपाध्यक्ष ईश्वर राईले अहम् भुमिका निर्बाह गरेका थिए। सम्मेलनको उद्घोषण नीतु खतिवडा, गोमा पौडेल, किशोर सुब्बा, आँचलकमार शर्मालगायतले गरेका थिए भने समाजकी सचीव सुप्रिया घिमिरे बस्नेतले स्वागत भाषण गरेकी थिईन।

सम्मेलनमा समाजका महासचिव अर्जुन श्रीले भने "संसारभरीका नेपालीहरुलाई एकठाउँमा जोड्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालीले हासिल गरेका ज्ञान, सीप र अनुभवलाई नेपाल र नेपालीको हित र विकासमा उपयोग गर्ने उद्देश्यका साथ हामी निरन्तर लागिरहेका छौं ।“

यसैक्रममा अध्यक्ष अर्जुन घिमिरेले थपे, "हामीले यसपटक महिला सशक्तिकरणसम्बन्धी वेबमा आधारित विश्व सम्मेलन आयोजना गरेका हौं, निरन्तर यस्ता सम्मेलन गर्ने संस्थाको योजना रहेको छ ।
यो संस्था भाषा, साहित्य, संस्कृति, कृषि, पर्यटन लगायत अन्य विधिध विषयमा निरन्तर गतिविधि गर्ने ध्येयका साथ अघि बढिरहेको छ। र निकट भबिस्य मै `नेपाली साहित्यको इतिहास, बर्तमान र भबिस्य´ विषयक बिश्व सम्मेलन गरिनेछ।"

सम्मेलनमा चर्चित कवयित्रीहरू दिक्षा भण्डारी र दिप्स शाह (नेपाल), इन्दिरा चामलिङ (बेल्जियम) उर्मिला निर्दोषी (अमेरिका) लगायतले महिला शसक्तिकरण सम्वन्धि दमदार कबिता बाचन गरेका थिए।

यसैगरी सम्मेलनमा विश्वभरिबाट कहलिएका पर्यवेक्षकहरूको विशिष्ट समूह, प्रख्यात व्यक्तित्व र महिला सशक्तिकरणको क्षेत्रका टिप्पणीकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

रामकृष्ण ढकालको स्वर, आलोक श्रीको संगीतमा सतीश चापागाईंको शब्द र अभिनयको यो गीत हेनुहोस।

 

 

 

images
प्रकाशित मिति :माघ ७, २०७७ बुधवार - ०५:१२:१९ बजे

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend