Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

भारतबाट सहयोग दिएको १० लाख डोज कोरोना खोप प्रधानमन्त्री ओलीलाई हस्तान्तरण

भारतबाट सहयोग दिएको १० लाख डोज कोरोना खोप प्रधानमन्त्री ओलीलाई हस्तान्तरण

images
भारतबाट सहयोग दिएको १० लाख डोज कोरोना खोप प्रधानमन्त्री ओलीलाई हस्तान्तरण



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन कोत्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बालुवाटारमा आयोजित कार्यक्रममा भारत सरकारको तर्फबाट उपहार स्वरुप कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाललाई थप ४० लाख डोज खोप चाहिएको भन्दै भारत सरकारले नेपाललाई कसरी उपलब्ध गराउन सक्छ छलफल गर्न आवश्यक रहेको बताउनुुभयो । उहाँले नेपालले आवश्यक खोपहरु खरिद गर्न तयार रहेको भन्दै पूर्वसर्तहरु भए मान्न तयार रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भारत सरकारले बाँकी खोपहरुपनि उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भारतले नेपाललाई कोरोनाविरुद्दको खोप सहयोग गर्नु मित्रताको प्रतिकको रुपमा रहेको उल्लेख गर्दै यसले दुईदेश विचको एकतालाई देखाएको बताउनुभयो ।

यस्तै हस्तान्तरण कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारत सरकारको सहयोग निरन्तर हुने बताउनुभयो । उहाँले भारतले छिमेक नीतिलाई पहिलो प्राथमिकता दिएको बताउनुभयो ।

 

बहुचर्चित कविता विमानस्थलमा बा !

 

 

images
प्रकाशित मिति :माघ ९, २०७७ शुक्रवार - ०५:४०:५८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend