Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

बाघ मारेको आरोपमा युनाइटेड फाइनान्सका सिइओले तिरे साँढे ६ लाख जरिवाना

बाघ मारेको आरोपमा युनाइटेड फाइनान्सका सिइओले तिरे साँढे ६ लाख जरिवाना

images
बाघ मारेको आरोपमा युनाइटेड फाइनान्सका सिइओले तिरे साँढे ६ लाख जरिवाना

 

कृष्णउदास खनाल, वीरगन्ज । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने सडकमा कारको ठक्करबाट गत पुस १८ गते बिहान ठक्कर दिने कारका चालक अजय मिश्रलाई जिल्ल अदालत बाराले रिहा गरेको छ ।

यूनाइनेट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत(सिइओ) समेत रहेका मिश्रलाई बारा जिल्ला अदालतले ६ लाख ५० हजार रुपैया धरौटी लिइ साधारण तारेखमा रिहा गरेको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रमेश यादवले जानकारी दिनुभयो ।

यही माघ ५ गते बारा अदालतले मिश्रलाई धरौटी बापतको रकम लिइ तारिखमा छाड्न निकुञ्जनलाई आदेश दिएपछि उनी रिहा भएको यादवले बताउनुभयो ।

त्रिभुवन राजपथअन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने बाराको पथलैया अमलेखगञ्ज सडकखण्डको आधाभार नजिकको जंगलमा उनले चलाएको कारले ठक्कर दिँदा पोथी पाटे बाघको मृत्यु भएको थियो ।

हेटौंडाबाट सर्लाही जाँदै गरेका मिश्र सवार रहेको बा १६ च ८११ नम्बरको कारले ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागेको बाघको घटनास्थलमै मृत्यु भएको थियो । बाघलाई ठक्कर दिए लगतै कार चालक अजय मिश्रले आफैँ प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए ।

मिश्रलाई निकुञ्जले आफ्नै हिराशतमा राखेर अनुसंधान गरिरहेकोमा निकुञ्जको हिराशतमा रहेका मिश्र १६ दिनपिछ रिहा भएका हुन् ।

नेपालमा बन्यजन्तु संरक्षण ऐन अनुसार यस्ता लोपउन्मुख जनावर मारेको दोषी देखिए १५ बर्षसम्मको कैद सजायँ हुन सक्ने ब्यवस्था छ । सन् २०१८ मा गरिएको गणना अनुसार पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा १८ वटा बाघ रहेका छन् ।

रामकृष्ण ढकालको स्वर, आलोक श्रीको संगीतमा सतीश चापागाईंको शब्द र अभिनयको यो गीत हेनुहोस।

 

images
प्रकाशित मिति :माघ ९, २०७७ शुक्रवार - ०६:२१:३३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend