Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मिन गुरुडको सुन्तलाको फूल सार्वजनिक

मिन गुरुडको सुन्तलाको फूल सार्वजनिक

Madhuri

१६, माघ २०७७
images
मिन गुरुडको सुन्तलाको फूल सार्वजनिक


संगीतकर्मी मिन गुरुडले सुन्तलाको फूल नामक गीत सार्वजनिक भएको छ । गायिका विना भट्टराई र आफनै स्वरमा रहेको यो गीतलाई अहिलेका चर्चित युवा गीतकार एवं संगितकार दिपक शर्माले लेखेका हुन् । भिडियोको व्यवसायिक उत्पादन गरेका गुरुड संगीतकार र गीतकारको परिचयबाट चिनिन्छन् । दशकलामो संगीत यात्रामा रहेका गुरुड चर्चित नेपाल आइडल रियालिटी शोमा संलग्न संगीतकर्मी हुन् ।
सुन्तलाको फुल नामक उक्त गीतको भिडियोलाई पछिल्लो समय धेरैले मन पराएका निर्देशकद्धय लक्ष्मी बर्देवा र जिवन भट्टराईले गरेका छन् । गीतको भिडियो इनाक्षी इन्टरटेन्मेन्ट प्रालीबाट गत विहिबार सार्वजानिक भएको हो ।
अन्तर्रजातिय प्रेम कथासमेत समेटिएको गीतको भिडियोको सहनिर्देशन सागर दाहालले गरेका हुन् भने बुद्ध थापाको छायाँकन रहेको छ । गायक मिन गुरुड र निर्देशक लक्ष्मी बर्देवाको अभिनय रहेको उक्त भिडियोको सम्पादन विष्णु खड्काले गरेका छन् । इनाक्षी इन्टरटेनमेन्ट प्रालीले सार्वजानिक गरेको सुन्तलाको गीतको भिडियो लक्ष्मी बर्देवाका वेजोड अभिनय हेर्न सकिन्छ भने उनलाई साथ दिएका मोडल मिन गुरुडको अभिनयलाई पनि दर्शकहरुले निकै मन पराएका छन् । गीतको लोकप्रियता सामाजिक सन्जालमा छाएका अडियो भिडियोहरुले पुष्टि गरेका छन् ।

images
प्रकाशित मिति :माघ १६, २०७७ शुक्रवार - ००:३५:०० बजे

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend