Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

हत्या भएको १७ औं दिनमा भागरथीको आज दाहसंस्कार हुँदै

हत्या भएको १७ औं दिनमा भागरथीको आज दाहसंस्कार हुँदै

नेप्लिज डायस्पोरा

८, फाल्गुण २०७७
images
हत्या भएको १७ औं दिनमा भागरथीको आज दाहसंस्कार हुँदै



काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षकी भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ ।

हत्या भएको १७ औं दिनमा उनको दाहसंस्कार गर्न लागिएको हो । भागरथीका परिवारले दोषी पत्ता लगाउन र दोषीलाई कारबाहीको माग गर्दै शव बुझ मानेको थिएन ।

प्रहरीले १३ औं दिनमा भागरथीको हत्याको आरोपमा त्यहीँ ठाउँका दिनेश भट्टलाई प्रक्राउ गरी सार्वजनिक गरिसकेको छ ।

दिनेशले हत्या गरेको मात्रै बयान दिएपछि भागरथीको परिवारले बलात्कारमा संलग्न व्यक्तिको पनि खोजी गर्न माग गर्दै शव बुझ्न मानेको थिएन । तर हिजो दीपकले भागरथीको बलात्कारपछि हत्या गरेको बयान दिएपछि परिवारले शव बुझ्न लागेको हो ।

भागरथीको शव जिल्ला अस्पताल बैतडीमा राखिएको छ । गोठलापानीबाट सेरासम्म शवयात्रा हुने र सेरामा रहेको महाकाली नदीको छेउको आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी छ ।

गएको माघ २१ गते विद्यालयबाट घर जाने क्रममा भागरथीको हत्या भएको थियो भने २२ गते शव भेटिएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण ८, २०७७ शनिवार - ०८:२७:०६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend