Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

चापागाईं सम्मानित

चापागाईं सम्मानित

नेप्लिज डायस्पोरा

१, बैशाख २०७८
images
चापागाईं सम्मानित

 

ज्योति फिल्म्स् प्रोडक्सन प्रालिद्वारा आयोजित दोस्रो ज्योति फिल्म्स् म्युजिक अवार्डमा रंग पत्रकार गोपिकृष्ण चापागाईं सम्मानित भएका छन्।

चापागाईंले पत्रकारितामार्फत नेपाली कला संस्कृति तथा गीत–संगीतको संरक्षणमा योगदान पु-याएको भन्दै उक्त सम्मान प्रदान गरिएको हो।


चापागाईंलाई अवार्ड समारोहका प्रमुख अतिथि पूर्वअर्थमन्त्री डा. रामशरण महत, ख्यातिप्राप्त संगीतकार शम्भुजित बासकोटा र लोकगायक कुमार बस्नेतले सम्मानपत्र प्रदान गरे।

सम्मानपत्र ग्रहण गर्दै चापागाईंले काम गर्दै जाँदा पाइने सम्मानले थप हौसला मिल्ने र आगामी दिनमा काममा ऊर्जा मिल्ने बताए। दोस्रो ज्योति फिल्म्स् म्युजिक अवार्डमा विभिन्न ३८ विधामा अवार्ड प्रदान गरिएको थियो।

 

images
प्रकाशित मिति :बैशाख १, २०७८ बुधवार - ०४:५३:०७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend