सुगम संगीतका चर्चित तथा लोकप्रिय गायक रामकृष्ण ढकालको सम्मान सहित अमेरिकाको बाल्टिमोरमा एक बिशेष कार्यक्रम सम्पन्न भएको छ। अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको कार्यक्रमको आयोजना गायक तथा ब्यबसायी दिनेश भण्डारीले गर्नु भएको थियो। बाल्टिमोरको 'बटर चिकन' नामको स्थानीय रेष्टुरेन्टमा भएको उक्त सांगीतिक कार्यक्रममा गायक ढकालका फ्यानहरुको उपस्थिति थियो।
कार्यक्रममा बरिष्ठ लोक तथा दोहोरी गायक तथा मेरिल्याण्ड र पेन्सिलभेनिया राज्यका लागी अवैतनिक महाबाणिज्य दुत प्रेमराजा महत, एनआरएनएका आईसिसि मेम्बर तथा सफल युवा ब्यबसायी नविन विश्वकर्मा, एनआरएनए पुर्व आईसिसि मेम्बर मोहन थापा, लोक तथा दोहोरी गायिका सिर्जना बिरही थापा, नेप्लिज डायस्पोराका प्रधान सम्पादक तथा गीतकार सतीश चापागाईं, ब्यबसायी बिक्रम पोखरेल, कुन्दन सिंह रिसाल, एनआरएनए मेरिल्याण्ड च्याप्टरका उपाध्यक्ष राजु पराजुली लगायतको उपस्थिति थियो।
कार्यक्रममा गायक ढकालसंगै अर्का गायक दिनेश भण्डारीले गीत गाउनु भएको थियो। सो अवसरमा गायक ढकालले गीत गाउनुका साथै आफ्नो गीत संगीतको यात्राका बिबिध किस्साहरु सुनाउनु भएको थियो। उहाँले कार्यक्रममा आउनु भएका पुर्ब म्युजिक ब्यबसायी चन्द्रप्रकाश शर्माका बारेमा पनि धेरै कुराहरु सुनाउनु भएको थियो। कार्यक्रम हेरेका दर्शकहरु भन्दथे, "रामकृष्ण ढकालको गीत र सांगीतिक यात्रा संगै सुन्न पाईयो।"
लामोसमयदेखि बसोबास गर्दै आउनु भएका गायक दिनेश भण्डारीको आफ्नै रेष्टुरेन्टमा आयोजना गर्नु भएको कार्यक्रममा आएका सबै दर्शकले कार्यक्रमबाट भरपुर खुशी भएको बताउनु भएको थियो। कार्यक्रमलाई मेरिल्याण्डका रियल स्टेट ब्यबसायी किरण पन्तले स्पोन्सर गर्नु भएको थियो।