Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेपालमा एकै दिन १३९ संक्रमितको मृत्यु, थप ९ हजार २ सय ७१ संक्रमित

नेपालमा एकै दिन १३९ संक्रमितको मृत्यु, थप ९ हजार २ सय ७१ संक्रमित

नेप्लिज डायस्पोरा

२७, बैशाख २०७८
images
नेपालमा एकै दिन १३९ संक्रमितको मृत्यु, थप ९ हजार २ सय ७१ संक्रमित


नेपालमा पहिलो पटक एकै दिन झण्डै डेढ सय कोरोना संक्रमितको मृत्यु भएको छ। यस्तै एकै दिन थप ९ हजार २७१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा सोमबार थप ९ हजार २ सय ७१ जनामा कोरोना संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार मुलुकभरका ८७ वटा प्रयोगशालाबाट १७ हजार ६ सय ३२ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। यस्तै, ७८८ जनाको एन्टिजेन परीक्षण गरिएको छ।

यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसको संक्रमणबाट १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।


मन्त्रायका अनुसार नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्याङ्कको आधारमा कोभिड १९ संक्रमणबाट गत २४ घण्टामा १३९ जनाको मृत्यु भएको देखिएको हो।


यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ।


पछिल्लो २४ घण्टाको अवधिमा ४ हजार ७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै ३ लाख ६ हजार ७९४ जना संक्रमण मुक्त (निको) भएका छन्।


सोमबारसम्म देशभर ९३ हजार १ सय ४१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।
तीमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या सर्वाधिक छ।

सोमबार थपिएकासँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ।

images
प्रकाशित मिति :बैशाख २७, २०७८ सोमवार - १९:२०:२५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend