नेपालमा भै रहेको माहामारीप्रति अमेरिकी सरकारको ध्यानाकर्सन गराउन अमेरिका भरिका धेरैभन्दा धेरै नेपाली संघ संस्था र नेपालीहरु आ–आफ्नो ठाउबाट सिनेटरलाई फोन गर्ने अभियानमा सहभागी भएका छन। गत हप्ताभएको यो अभियान अमेरिकाभरि भएको थियो। बाल्टिमोरको सक्रिय संस्था साथि बाल्टिमोरबाट पनि होस्टेमा हैसे गर्न ईमेल/फोन अभियान चलायको थियो। उक्त अभियान मार्फात संस्थाले मेरिल्याण्डका सिनेटर भ्यान होलेनको कार्यलयमा ५०० भन्दा बढी इमेल र फोन गराउन सफल भएको थियो।
जवाफमा भ्यान होलेनको कार्यालयले कोविड - १९ खोप नेपालमा जारी गर्नका लागि आफ्नो समर्थन व्यक्त गर्न सेनेटर भ्यान होलेनलाई सम्पर्क गरेकोमा धन्यबाद दिदै भ्यान होलेनले अमेरिकी सरकारसँग नेपाललगायत विश्वभरका सबै देशहरुमा खोपको पर्याप्त पहुच पुर्याउन वकालत गरीरहेका बताएको थियो। सकारात्मक प्रतिक्रियाको लागि धन्याबाद दिदै साथि बाल्टिमोरले नेपाल खोप उत्पादन गर्न असक्ष्यम रहेको जनाउदै यस मुद्दालाइ सक्रियाताका साथ अगि बढाउन र छिटोभन्दा छिटो नेपाललाइ खोप उपलब्ध गराइदिन अनुरोध पत्र पठाएको थियो।
भ्यान होलेन अमेरिकी संसद सिनेटको फरेन रिलेसन्स कमिटीमा छन् । मे १२ बुधबार दिउँसो भएको सो कमिटीको बैठकमा कोभिड १९ ले नेपाललाई निकै अप्ठेरो स्थितिमा पुर्याएको र यसविरुद्ध लड्नको लागि नेपाललाई अमेरिकी सहयोगको आवश्यकता रहेकोबारे छलफल भएको थियो।
देसमा परेको बिसम परिस्थितिमा मलम लगाउनका लागि संस्थाले गरेको आव्हानमा सक्रिय भएर सिनेटरलाई ईमेल र फोन मार्फत आवाज उठाउने सबैप्रति साथि बाल्टिमोर आभारी रहेको संस्थाका रमेश भट्ट नेपाली छोरोले बताए।