जापान,टोकियो।
एनआरएनए जापानको दसौं महाधिवेशन नजिकिँदै गर्दा बिभीन्न पदमा उम्मेदवारी घोषणाको लहरनै चलेको छ।
एनआरएनए जापानको आगामी कार्यकाल २०२१-२०२३ को लागी युवा संयोजकमा राजेश खनालाने उम्मेदवारी घोषणा गर्नुभएको छ ।
संस्थाभित्र भएका कमजोरी र गलत प्रवृत्तिका बिरुद्द निरन्तर रुपमा आवाज उठाउदै आउनुभएका खनाल २०१९-२१ कार्यकालको सदस्य हुनुहुन्थ्यो ।
गलत प्रवृति भएकाहरुलाई पराष्त गर्दै दु:ख र आपतका बेलामा सहयोगमा जुटी भरोसा,आत्मियताको संगठन र उच्च छबि निर्माण गर्न आफू लागिपर्ने बताउनुभयो ।
निःस्वार्थ भावले एनआरएनएमा आबद्ध भएको हुदाँ अन्जानबस भएका गल्तीलाई स्विकार्ने हिम्मत राखेको र बिगतको अनुभवका आधारमा केहि गर्न सक्छु भन्ने आत्मविश्वास ,अग्रज तथा अनुजहरुको अनुरोधमा आफुले युवा संयोजकमा उम्मेदवारी दिएको खनालने जानकारी गराउनुभयो ।
एनआरएनएको अभियानमा नजिक रहेर काम गर्दै आइरहेकोले आगामी दिनमा संघलाई नेतृत्व गर्न आफू सक्षम रहेकोले साथ र सहयोगका लागि जापानबासी नेपालीहरुमा अनुरोध गर्नुभएको छ ।
युवा संयोजक पदमा उमेद्वारी घोषणा गर्नु भएका खनालको चुनावी अपील जस्ताको तस्तै:
सादर अनुरोध
आदरणिय आमा, बुवा, दाजु, भाई तथा दिदी बहिनीहरु ।
सर्बप्रथम यहाँहरुले मलाई अत्यन्त माया र विश्वास गरेर सन् २०१९-२०२१ को कार्यकालका लागी NRN जापान च्याप्टरको सदस्य पदमा भारीमतले बिजय गराउनु भएकोमा आभार सहित धेरैधेरै धन्यबाद ट्रक्राउदछु । मैले यस समितीमा बसेर गरेका कामका बारेमा यहाँहरु जानकार हुदैहुनुहुन्छ ।
आदरणिय दाजुभाई तथा दिदीबहिनी हरु यसभित्र अरु धेरै सुधार गर्नुपर्ने आवस्यकता छ। यसभित्र भएका कमजोरी र गलत प्रवृत्तिका बिरुद्द मैले निरन्तर रुपमा आवाज उठाउदै आएको छु।
मैले आफ्नो शरिर र समयले साथ दिएसम्म पदमा भए पनि नभए पनि आवाज उठाई नै रहनेछु तथापि समिति भित्र बसेर बोल्दा जति त्यसको सार्थकता हुन्छ त्यति बाहिर बाट बोल्दा हुदैन । यस कुरालाई मनन गर्नका साथै धेरै अभिभावकज्युहरुले म माथि भरोसा राखी उमेदवारी दिन आग्रह गर्नु भएको हुँदा मैले सन् २०२१-२०२३ का लागि " युवा सँयोजक " जापान पदमा उमेदवारी दिएको छु । मलाई बिश्वास छ यहाँहरुले यसपाली पनि माया गर्नुहुनेछ ।
आदरणिय अभिभावक शुभचिन्तक तथा मित्रहरु ।
म यँहाहरुलाई स्मरण गराउन चाहान्छु कि हामि नेपाल आमाको काख अनी तमाम नातागोता इस्टमित्र र आफन्तको साथ छोडेर प्रदेस आएका छौ । अर्काको मुलुकमा आप्रवासी जिवन बिताईरहँदा कति किसिमका कठिनाईहरु आई प्रर्दछन भन्ने कुरा यँहाहरुलाई थाहा नै छ । तिनै समस्याको समाधानका लागि NRN गठन भएको हो। यस दिशामा प्रस्तुत सँगठनले केहि काम गरेको छ तर अझ धेरै काम गर्न बाँकि छ। यसभित्र केहि खराबी मौलाउदै गएको पनि देखिएको छ। गलत प्रवृति हरुलाई पराष्त गर्दै दु:ख आपत परेका बेला सहयोग मा जुटी अझ आहत ,भरोषा आत्मियताको संगठन र छबि निर्माण गर्नु पर्ने देखिन्छ । यसरी एक नेपालीले अर्को नेपालीप्रति घात गर्नु ज्यादै दु:ख लाग्दो कुरा हो। वर्तमान कार्यसमिति मा रहेर काम गर्दा मलाई यि कुरा बाहिर ल्याउन बाध्य भए ब्यक्ति गत रुपमा केही साथी हरु म संग असहमत हुनु भयो होला ,तर हामी जापानमा बस्ने नेपाली र स्वयम NRN सँस्थाको उज्जवल भविस्यका लागी समयमा नै सचेत नहुदा र जानकारी नगराउदा त्यसको दोष र फल हामी सबैले भोग्नुपर्ने भएका कारण थोरै सँकेत गरेको हुँ ।
म निःस्वार्थ भावले यस संस्था आबाद्ध भएको हुदाँ भएका गल्ती लाई औल्याउने हिम्मत राखेको हुँ,अन्त्यमा मेरो आफ्नै चाहना बिगतको अनुभव केहि गर्न सक्छु भन्ने आत्माविश्वास अग्रज तथा अनुजहरुको अनुरोधमा मैले " युवा सँयोजक " पदमा उमेदवारी दिएको जानकारी गराउदै र समस्याको समाधानका लागी तन, मन, र धनले लागी पर्नेछु भन्ने विश्वास दिलाउदै पुन : एकपटक विजय गराईदिनु हुन सागर अनुरोध गर्दछु।