Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

देउवा बने पाँचौपटक प्रधानमन्त्री, शपथको तयारी हुँदै

देउवा बने पाँचौपटक प्रधानमन्त्री, शपथको तयारी हुँदै

नेप्लिज डायस्पोरा

२९, आषाढ २०७८
images
देउवा बने पाँचौपटक प्रधानमन्त्री, शपथको तयारी हुँदै


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु भएको छ । आज संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको हो । सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्दै राष्ट्रपति भण्डारीले नियुक्ति दिनुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत नपाए पनि उहाकै नेतृत्वमा मुलुक चुनावमा जाने छ । यसअघि हिजो सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

देउवाको प्रधानमन्त्रीको रुपमा यो पाँचौं कार्यकाल हो । यसअघि उहाँ २०५२, २०५८, २०६१ र २०७४ सालमा प्रधानमन्त्री बनिसक्नु भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आजै शपथ ग्रहण गर्ने कार्यक्रम छ । अहिले त्यसैको तयारी भइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ । शपथ साँझ ६ बजेतिर हुने बताइएको छ ।

सतीश चापागाईंको 'सरकार चाहियो' गीतको यो भिडियो हेरेर मनको प्रतिक्रिया दिनुहोला !!!

images
प्रकाशित मिति :आषाढ २९, २०७८ मंगलवार - १८:०३:३८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend