Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

बन्दूक र कविता (कविता)- तुम्बेहाङ् लिम्बु

बन्दूक र कविता (कविता)- तुम्बेहाङ् लिम्बु

नेप्लिज डायस्पोरा

३, श्रावण २०७८
images
बन्दूक र कविता (कविता)- तुम्बेहाङ् लिम्बु

 

जब बन्दूकले
कथा र कविता लेख्न थाल्छ
निःसन्देह– कलमहरू गुफा पस्छन्
कलमसँगै भुइँकथा–कविताहरू भूमिगत हुन्छन्
र सत्ता, आतुर हुन्छ
तिनको निधारमा आतङ्ककारीको ट्याग झुण्ड्याउन ।

थाहा छ, मित्र ?
बन्दूकको निबबाट नीलो होइन
रगत जस्तै रातो मसी निस्कन्छ
र त्यसले
जहिल्यै पनि बलियोको इतिहास लेख्छ ।

बन्दूकको कथामा
निर्बल–निमुखा खलनायक हुन्छन्
अनि, ठालू औ सत्तारुढहरू नायक हुन्छन् ।

बन्दूक… बन्दूकै हो
यसले कहिल्यै कलमसँग दोस्ती गर्दैन
यसको कवितामा पनि हेर्नोस्
शान्ति र सह–अस्तत्वको भाव कहिल्यै हुँदैन ।

जब बन्दूक
कथा/कविता लेख्न थाल्छ
स्थिति धेरै खतरनाक हुन्छ,
बन्दूकको साहित्यले
गरिखाने वर्गको मन छुँदैन
तपाईँ नियालेर हेर्नुहोस्
त्यहाँ मानवता र भातृत्वता कहिल्यै हुँदैन ।

- साम्ची भूटान, हालः नेपाल

सतीश चापागाईंको 'सरकार चाहियो' गीतको यो भिडियो हेरेर मनको प्रतिक्रिया दिनुहोला !!!

 

 

images
प्रकाशित मिति :श्रावण ३, २०७८ आइतवार - ०३:५६:५७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend