नेपाली कांग्रेसको तरुण बिभागले अमेरिकामा शाखा गठन गर्ने जिम्मेवारी सहित शिव बानियाँलाई संयोजक तोकेको छ। कांग्रेस तरुण विभागका संयोजक शंकर भण्डारीले हस्ताक्षर गरेको एक पत्र मार्फत बानियाँलाई मनोनित गरेको जानकारी गराईएको हो।
अमेरिकाको न्युयोर्कमा लामो समय बस्दै आएका बानियाँ नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय युवा नेता हुन्। पोखराको सराङ्कोटबाट अमेरिका आएका बानियाँ अमेरिकामा पछिल्लो समयका चर्चित युवा पनि हुन्।
"पार्टीले विश्वास गरेर जिम्मेवारी दिएको छ। म अमेरिकाभरीका साथीहरुसंग सरसल्लाहमा छु। केहि समयमा एउटा कमिटि गठन गर्छु र पार्टीको हीतमा काम गर्छु।" बानियाँले नेप्लिज डायस्पोरासंग टेलिफोनमा बताए।
अमेरिकामा नेपाली कांग्रेसको तरुण दलको पनि शाखा छ। यसको अध्यक्ष ओम भट्टराई हुन् ।