‘इन्टरनेसनल सिटी म्यानेजर एसोसिएसन’ (आईसीएमए)ले आयोजना गरेको गोष्ठीमा सहभागी हुन् कात्तिक १ गते अमेरिका आएकी नेपालको तिलागुफा नगरपालिकाकी उप मेयर दन्ता नेपाली ‘दर्शना' २१ महिनादेखि अमेरिका मै बसेपछी उनको व्यापक बिरोध भएको छ। पालिकाका मेयरलाई पनि केहि खबर नगरी यतै बसेपछि उनको बिरोध भएको हो।
बिरामी भएकाले केही समय उपचार गरेर आउने भन्दै अमेरिका उनी माओवादीकेन्द्रका तर्फबाट नगरपालिकाको उपमेयर निर्वाचित भएकी थिइन्।
यो अवधिसम्म उनी न मेयरको सम्पर्कमा छिन् न त नगरपालिकाका अरु कुनै पदाधिकारीसँग। उनीसँग म्यासेञ्जरमा पटक–पटक प्रतिक्रिया माग्दा पनि ‘रेस्पोन्स’ गरिनन् तर उनको मौनताले कालीकोटको तिलागुफा नगरपालिकाको कामकारबाही नराम्ररी प्रभावित बनेको छ।
अमेरिकामा बसेको यो एक्काईस महिनामा उनले नियमित रुपमा आफ्नो तलब खातामा बुझेकी छिन। अमेरिका उनि के गर्दै छिन खोजीको बिषय बनेको छ। ब्रेक एण्ड लिंकले प्रकाशन गरेको थप समाचारका लागी यो लिंक क्लिक गर्नुहोस