Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

नेपालका प्रेमकुमार दर्नाल सहित तीन खेलाडीले डिजी एसियन तेक्वान्दो ओपन च्याम्पियनसिपमा स्वर्ण पदक जिते

नेपालका प्रेमकुमार दर्नाल सहित तीन खेलाडीले डिजी एसियन तेक्वान्दो ओपन च्याम्पियनसिपमा स्वर्ण पदक जिते

नेप्लिज डायस्पोरा

१९, श्रावण २०७८
images
नेपालका प्रेमकुमार दर्नाल सहित तीन खेलाडीले डिजी एसियन तेक्वान्दो ओपन च्याम्पियनसिपमा स्वर्ण पदक जिते

नेपालका प्रेमकुमार दर्नाल सहित तीन खेलाडीले डिजी एसियन तेक्वान्दो ओपन अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।


डिजी तेक्वान्दो फिलिपिन्स र ओङ तेक्वान्दो युएसको संयुक्त आयोजनामा आइतबार सम्पन्न च्याम्पियनसिपमा नेपालका सञ्जीव नेपालीले अमेरिकाका क्लिभ कोल्लाडोलाई हराउँदै स्वर्ण पदक जितेका हुन् ।

5.jpg

पुरुष ३०–४० वर्ष उमेर समूहको पुम्सेमा सञ्जीवले ५।४३३ स्कोर प्राप्त गर्दा क्लिभले ४दशमलव४८३ स्कोर जोडेका थिए । महिला १८–३० वर्षमुनि उमेर समूहमा पनि नेपालकै सन्दीपा अमगाईंले सफलता पाइन् । उनले पनि अमेरिकाकै सानोन मास्देनलाई हराउँदै स्वर्ण चुमिन् । सन्दीपाले ५ दशमलव ५०० स्कोर र सानोनले ५ दशमलव ४०० स्कोर प्राप्त गरेकी थिइन् ।

6.jpg

नेपालकै प्रेमकुमार दर्नालले पुरुष ४०–५० वर्ष उमेर समूहको पुम्सेमा स्वर्ण जिते । प्रेमकुमारले कुल ५ दशमलव ०६७ स्कोर बटुल्दै अमेरिकाका टिम ओमिरालाई हराए । थोरै स्कोरले पछि परेका टिमले ५ स्कोर बटुलेका थिए ।

 

गत जुलाई ३१ देखि सञ्चालन भएको पुम्से च्याम्पियनसिपमा आयोजक टोली अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, सिंगापुर, स्लोभानिया र इन्डोनेसियाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

3.jpg

3.jpg

images
प्रकाशित मिति :श्रावण १९, २०७८ मंगलवार - १९:५८:०० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend