Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

सांसदलाई बन्धक बनाईएको लज्जास्पद घटना

सांसदलाई बन्धक बनाईएको लज्जास्पद घटना

नेप्लिज डायस्पोरा

२३, श्रावण २०७८
images
सांसदलाई बन्धक बनाईएको लज्जास्पद घटना

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाएको भनिएको घटनालाई लोकतन्त्र, राजनीतिक, मानव अधिकार र व्यक्तिगत स्वतन्त्रतामाथिको लज्जास्पद घटना भएको टिप्पणी गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो “हाम्रो पार्टी यो घटनाको भत्सर्ना एवं निन्दा गर्दछ ।” प्रदेशसभा सदस्य वलीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै आफूलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाइएको बताउनुभएको थियो ।

लुम्बिनी प्रदेश सरकार र नेकपा ९एमाले०ले भने प्रदेशसभा सदस्य वलीको भनाइलाई अस्वीकार गर्दै खण्डन गरेको छ । तत्कालीन नेकपाबाट निर्वाचित प्रदेशसभा सदस्य वली एमाले र माओवादी केन्द्र छुट्टिएपछि माओवादीमा नै रहनुभएको छ । माओवादी केन्द्रले राजनीतिको यस हदसम्मको भ्रष्टीकरणबाट मुलुकलाई बचाउन सबै लोकतान्त्रिक र वैधानिक उपायका लागि अपिल गरेको छ ।

बैठकमा सत्तारुढ गठबन्धनका तर्फबाट तयार पारिएको साझा नीति तथा कार्यक्रमबारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जानकारी गराउनुभएको थियो । बैठकले उक्त साझा कार्यक्रम सार्वजनिक गर्न अनुरोध गर्दै कार्यदलमा रहेर काम गर्ने सबै नेतालाई धन्यवाद दिएको छ । कार्यदलका तर्फबाट संयोजक पूर्णबहादुर खड्काले अध्यक्ष दाहाललाई आजै उक्त साझा नीति तथा कार्यक्रम हस्तान्तरण गर्नुभएको थियो ।

यस्तै बैठकले संविधान र कानूनका आधारमा सुकुम्बासी, अव्यवस्थित बसोबासलगायत समस्या समाधानका लागि अबिलम्ब उच्चस्तरीय आयोग गठन गर्न सरकारसँग माग गरेको छ । अधिकारसम्पन्न आयोगले मात्रै सुकुम्बासी, भूमिहीनलगायतको समस्या समाधान गर्ने माओवादी केन्द्रको ठहर छ । फरक एक प्रसङ्गमा प्रवक्ता श्रेष्ठले आजको बैठकमा मन्त्रिपरिषद्मा सहभागी हुने नेताहरूको बारेमा कुनै छलफल नभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो।

 

गीतकार सतीश चापागाईंको गीत सरकार चाहियो

images
प्रकाशित मिति :श्रावण २३, २०७८ शनिवार - ०६:०७:१४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend