Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

संस्कार तोड्दै श्रीमतीको दाहसंस्कार श्रीमानले गरे

संस्कार तोड्दै श्रीमतीको दाहसंस्कार श्रीमानले गरे

नेप्लिज डायस्पोरा

२३, श्रावण २०७८
images
संस्कार तोड्दै श्रीमतीको दाहसंस्कार श्रीमानले गरे

 

सञ्जय कार्की, रौतहट ।

श्रीमतीको निधन भएपछि रौतहटको ४ नम्बर क्षेत्रका प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिना आफै किरियामा बस्नु भएको छ । चन्द्रपुर–९ निबासी रेणु तिमल्सिनाको गएको २१ गते ४९ बर्षको उमेरमा निधन भएपछि उहाँको श्रीमान देबप्रसाद तिमल्सिना आफै परम्परा संस्कार तोडदै १३औ दिनको काजकिरियामा बस्नु भएको हो ।

बाग्मती नदि किनारमा श्रीमतीको दाहसंस्कार गर्दा पार्थीब शरीरमा समेत उहाँ आफैले दागबती दिनु भएको थियो ।तीन जना छोरी रहेको र छोरा नभएपछि उहाँ आफै घरमा हिन्दु परम्परा अनुसार काजकिरियामा बस्नु भएको हो । परम्परागत सामाजिक संस्कार तोडदै श्रीमतीको निधन पछिको किरियामा उहाँ स्थानीय ब्राम्हणको सल्लाहमा नै काजकिरियामा बस्नु भएको जनाइएको छ । आफनो अर्धाङ्गनी जीबन साथी गुमाएपछि हिन्दु संस्कार अनुसार आफै किरियामा बसेर उहा समाजमा उदाहरणीय पात्र बन्नु भएको छ ।

पछिल्लो समय छोरा नभएका आमाबुवाको निधन हुँदा छोरीहरु समेत १३ औ दिनको किरियामा बस्नथालिसकेका छन । राजनीतिमार्फत समाज परिबर्तन र नागरिकको जीबनस्तर उकास्नु पर्दछ भनेर लागि पर्नु भएका प्रतिनिधि सभा सदस्य तिमल्सिनाको यो कार्यले समाज भित्रको बिकृती र बिसगतीलाई चिर्न मदत पुग्ने स्थानीय कल्याण कार्कीले बताउनु भयो । जीबनको आधा हिस्सेसार रहेको श्रीमतीको निधन भएपछि उहाँको मृत आत्माको शान्तिको लागि प्रतिनिधि सभाका सदस्य देब प्रसाद तिमल्सिना आफैँ किरियामा बस्नु भएको उहाँको स्वकिय सचिब मुकेश गिरीले बताउनु भयो ।

उहाँका आफन्त रनातेदारले भतिज हरी तिमल्सिनालाई किरियामा बस्न तयारी गराईरहेकै बेला उहाँ भने श्रीमतीको निधनपछिको १३ औ दिनको किरियामा आफै बस्नु भएको हो । बुवा आमाको निधन पछि जसरी छोरा किरियामा बस्छन सोही बिधि बाट उहाँ किरियामा बस्नु भएको हो ।

न्युजअफ नेपाल डटकम


गीतकार सतीश चापागाईंको गीत सरकार चाहियो

 

images
प्रकाशित मिति :श्रावण २३, २०७८ शनिवार - ०६:२४:१३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend