रामकृष्ण चापागाईं
काठमाडौं ।
काठमाडौं । काग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिएको तेस्रो हप्ता गुज्रिएको छ । माओवदी केन्द्र, जसपा र एमालेको माधव नेपाल गुट सहितको गठबन्धनमा बनेको देउवा सरकारले अझै मन्त्रीपरिषद्को विस्तार गर्न सकेको छैन । दुई पटक गरी ६ सदस्यीय मन्त्रीमण्डल गठन गरेका प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई क्याबिनेट मन्त्रीको हैसियत नदिए पछि उनको क्याबिनेट पाँच सदस्यमा समेटिएको छ ।
समयमै मन्त्रीपरिषद्को विस्तार गर्न नसकेको देउवा सरकारले आफ्नो सचिवालय व्यवस्थित गर्न समेत सकिरहेको छैन । आप्mनो सचिवालयमा भएको नियुक्तिको ढिलाई प्रधामन्त्रीको दैनिक कार्य पनि प्रभावकारी ढंगले अघि बढिरहेको छैन । यद्यपि देउवाले आफूसँगै बुढानिलकण्ठमा रहेका केही सहयोगीहरुद्धारा सचिवालयको नियमित काम भने गराइरहनु भएको छ।
उहाँले आफ्ना सहयोगी भानुबहादुर देउवा (भानु), प्रकाश देउवा, वीरेन्द्र थापा लगायतलाई दैनिक प्रधानमन्त्रीसँगको भेटघाट सहजीकरणका लागि खटाइएको छ । निजी सचिवका रुपमा बद्री तिवारीले जिम्मेवारी पाएका छन् ।यस्तै प्रधानमन्त्रीको सचिवालयमा फोटोग्राफरका रूपमा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रोशन सापकोटाले यसअघिको कार्यकालमा झैँ जिम्मेवारी सम्हाल्दै आएका छन् ।
देउवाको सामाजिक सञ्जाल हेर्नका लागि गोविन्द परियारले काम गरिरहेको बुझिएको छ । प्रधानमन्त्री पत्नी आरुजुसँग निकटको सम्बन्ध रहेको बताउँने गरेका परियारले आफूसँगै विजय अधिकारी समेतलाई समेटेर काम गरिरहेको बताइन्छ । परराष्ट्र मामिलामा डा.दिनेश भट्टराईले प्रधानमन्त्री देउवालाई सहयोग गर्दै आएका छन् ।
बाँकी समाचारका लागि यहाँ क्लिक गर्नुहोस।