Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

किरण गजमेरको विजयलाई नेपालीभाषी भुटानीहरुले उत्सवका रुपमा मनाएका छौं -डिल्ली अधिकारी

किरण गजमेरको विजयलाई नेपालीभाषी भुटानीहरुले उत्सवका रुपमा मनाएका छौं -डिल्ली अधिकारी

नेप्लिज डायस्पोरा

२६, श्रावण २०७८
images
किरण गजमेरको विजयलाई नेपालीभाषी भुटानीहरुले उत्सवका रुपमा मनाएका छौं -डिल्ली अधिकारी

गायन रियालिटी शो 'द भ्वाइस अफ नेपाल'को सिजन तीनको उपाधि किरण गजमेरले जितेपछि संसारभरीको नेपाली समुदाय खुशी देखिन्छन । त्यसमा पनि नेपालीभाषी भुटानीहरुमा यो खुशीले पर्वकै रुप लिएको छ। संसारभरका नेपालीभाषी भुटानीहरु किरणको आवाज र उनको प्रस्तुतिको फिदा भएका थिए।

किरण विजयी हुने बित्तिकै सबैले आआफ्ना फेसबुक वालमा खुशी सहित किरणलाई बधाई ब्यक्त गरेका छन्। शनिबार भएको फाइनलमा अन्य तीन प्रतिश्पर्धीलाई भोटका आधारमा पछि पार्दै गजमेरले उक्त उपाधि हात परेका थिए ।

अमेरिकामा सक्रिय समाजसेवी डिल्ली अधिकारीले यो खुशीलाई आफुहरुले उत्सव कै रुपमा मनाएको बताए। इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशनका सीइओ समेत रहेका अधिकारी किरणको यो सफलताबाट नेपाली भाषी भुटानीलाई ठुलो हौशला मिलेको बताउछन। किरणलाई आफुहरुले दिल खोलेर सहयोग गरेको अधिकारीले सगौरव सुनाए।

किरण हाम्रै सल्लाहमा त्यो प्लेट फर्मसम्म पुगेको हो र हाम्रो सहयोगले सफलताको शिखर चुमेको पनि हो। अमेरिकाको नेपाली भाषी भुटानीहरुका लागी डिल्ली अधिकारी आफैमा अग्लो व्यक्तित्व हो। अधिकारी आफैले पनि अमेरिकामा गायन र डान्सको रियालिटी शोहरु गर्दै आएका छन्। त्यही गायन शो को एउटा उत्पादन किरण गजमेर हुन्।

Screen Shot 2021-08-10 at 1.45.28 PM.png

ओहायो राज्यको ब्ल्याककिकमा बसेर अमेरिकाका बिभिन्न राज्यमा सेवा र ब्यबसाय गरिरहेका डिल्ली भन्छन, "किरणले यो बीचमा हाम्रो संस्था मार्फत समाज सेवामा पनि सक्रिय हुनुभयो। काठमाडौँको सडकका भोका मानिसलाई किरणले एक महिनासम्म दैनिक एक सय जनालाई खाना खुवाउनु भयो।" किरणले आफुले प्राप्त गरेको पुरस्कारलाई समाज सेवामा समर्पित गर्नुमा आफ्नो संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशनको पनि हात रहेको पनि अधिकारीले बताए।

पेन्सिल भेनिया राज्यको पिटर्सवर्गमा पनि यो खुशीमा रमाईरहेको छ। त्यहाँका ब्यबसायी तथा युवा समाजसेवी नारायण भारती भन्छन," हामीले समुह र एक्ला एक्लै किरणलाई भोट गरेका थियौ। हामी सबै खुशी छौं।"

पेन्सिल भेनिया राज्यको पिटर्सवर्गका नेपाली भाषी भुटानीहरुले व्यक्तिगत र समुहमा मिलेर किरणका पक्षमा भोट गरेको पनि भारतीले सुनाए।

"अमेरिका आएपछी भाईलाई बिभिन्न राज्यमा सम्मान सहितको स्टेज शो गर्ने तयारी गरेका छौं" डिल्ली अधिकारीले बताए। आफै गीत संगीतका पारखी रहेका अधिकारीले किरण गजमेरलाई आफुहरुले आगामी दिनमा गर्ने रियालिटी शोहरुको जिम्मेवारी दिने सोच गरेको पनि नेप्लिज डायस्पोरासंगको कुराकानीमा बताए। पेन्सिलभेनियामा पनि कार्यक्रम गर्ने योजना बनिरहेको नारायण भारतीले पनि जानकारी दिए।

 

Screen Shot 2021-08-10 at 1.43.12 PM.png

कार्यक्रमको ब्लाइन्ड अडिसनमा ‘देखेर तिमीलाई’ बोलको गीत गाएर कोच प्रमोद रोजेका उनले त्यसपछि पछाडि फर्कनु परेको थिएन । हरेक स्टेज प्रदर्शनीमा किरणले एकपछि अर्को धमाकेदार प्रदर्शनी गरेका थिए। यहि कारण उनी सबै नेपालीका रोजाई बनेका थिए।

अमेरिकाबाट भ्वाइस कै लागि भनेर नेपाल गएका किरण ‘भ्वाइस अफ नेपाल’कै लागि आठमहिनासम्म नेपाल बसेका थिए ।

किरण गजमेर झापाको खुदुनाबारी शिविरमा जन्मेका हुन्। त्यहाँ रहेकै बेला सन् २००५ मा पहिलो बाल गीत रेकर्ड गराएका किरणले ‘रातको चन्द्रमालाई’ बोलको गीत गाएपछि चर्चामा आएका थिए। किरणले यसबीचमा ‘राधा’, ‘साढे सात’ लगायत चलचित्रमासमेत स्वर दिइसकेका छन्। उनले यसअघि इमेज एफएम, कालिका एफएमलगायत चर्चित अवार्डहरू हात पारिसकेका थिए।

सतीश चापागाईंको सरकार चाहियो 

images
प्रकाशित मिति :श्रावण २६, २०७८ मंगलवार - २२:५४:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend