बरिष्ठ गायक पुरुषोत्तम न्यौपाने र अर्का आधुनिक गायक हेमन्त शर्माको सम्मानमा अमेरिकाको बाल्टिमोरमा सांगीतिक कार्यक्रम हुने भएको छ। बरिष्ठ गायक भगवान भण्डारी, बरिष्ठ गायिका सिर्जना 'बिरही' थापा र गायक उदय भट्टराईको बिशेष पहलमा यो कार्यक्रम आयोजना गरिएको हो।
यो कार्यक्रमलाई बाल्टिमोरका ब्यबसायी र कलाप्रेमीहरुले उल्लेख्य रुपमा सहयोग गरिरहेको आयोजक सिर्जना 'बिरही' थापाले बताउनु भयो।
"यो एउटा बिशेष अवसर हो।यसलाई भव्यताका साथ सम्पन्न गर्न सबैको साथको अपेक्षा गरेका छौ।" भगवान भण्डारीले भन्नुभयो।
कार्यक्रम सम्पन्न गर्न राजन ठकुरी र ढाकाराम खनालको टिम सक्रिय रुपमा लागिपरेको छ।
कार्यक्रमको सम्पूर्ण जानकारी समाचार संगैको टिकटमा उपलब्ध छ।