Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

अञ्जु पन्त र बिन्ती कुमार गुरुङको चोखो माया सार्वजनिक(भिडियो)

अञ्जु पन्त र बिन्ती कुमार गुरुङको चोखो माया सार्वजनिक(भिडियो)

नेप्लिज डायस्पोरा

७, भाद्र २०७८
images
अञ्जु पन्त र बिन्ती कुमार गुरुङको चोखो माया सार्वजनिक(भिडियो)

 

काठमाण्डौ, भाद्र ४ | चर्चित गायिका अञ्जु पन्त र गायक बिन्ती गुरुङको स्वरले सुसज्जित चोखो माया बोलको गीत सार्वजनिक भएको छ ।
गायक बिन्ती कुमार गुरुङको जन्मदिनको अवसर पारी एक कार्यक्रमका बीच सो भिडियो सार्वजनिक गरिएको हो ।

स्वयम गायक गुरुङकै शब्द, संगीतमा तयार पारीएको गीतमा लाहान सुब्बाको संगीत संयोजन, सन्दिप बान्तवाको मिक्सिङ मास्टरिङ तथा रेद्दी गुरुङ(एमएमपी)ले रेकर्डिङ गरेका हुन । रोमान्टिक शैलीको गीतको भिडियोमा नायिका नम्रता सापकोटा तथा मोडेल कमल को अभिनय तथा भरपुर रोमान्स देख्न सकिन्छ ।

ज्यास्मिन कृयशनको प्रस्तुति रहेको भिडियोलाई लामो समयदेखि भिडियो निर्देशन गरिरहेका निर्देशक र्‍यान कार्कीले निर्देशन गरेका छन भने कोरियोग्राफी सुरेन्द्र बसेलको रहेको छ । भिडियोमा बुद्ध थापाको छांयाकन, बिष्णु खडकाको सम्पादन तथा कलरिङ्ग, पोष्टर डिजाईनिङ रहेको छ । भिडियोलाई गायक बिन्ती कुमार गुरुङको अफिसियल युट्युब च्यानल मार्फत सर्वजनिक गरिएको छ ।

images
प्रकाशित मिति :भाद्र ७, २०७८ सोमवार - २३:३०:३५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend