गायक शिशिर योगीको हालै सार्बजनिक भएको गीत 'सरकार चाहियो' अहिले चर्चामा छ। नेपाल र नेपालीको समसामयिक बिषयबस्तुमा आधारित यो गीतको शब्द सतीश चापागाईंले लेख्नु भएको हो। गीतमा स्वर र संगीत शिशिर योगीले दिनु भएको छ। नेप्लिज डायस्पोराको यु ट्युब च्यानलबाट यो गीत सार्बजनिक गरिएको छ। गीतको म्युजिक भिडियोमा सुरबीर पण्डित अर्थात् 'दारी बा', रश्मि भट्ट र जीबी चिरनको अभिनय छ। भिडियोको निर्देशन रामजी ज्ञवालीले गरेका हुन्।
भिडियो हेर्नुहोस।