Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

प्रा. सूर्य सुवेदीले गरे आफ्नो जन्मस्थलमा सामुदायिक भवनका लागि भूमिदान

प्रा. सूर्य सुवेदीले गरे आफ्नो जन्मस्थलमा सामुदायिक भवनका लागि भूमिदान

नेप्लिज डायस्पोरा

१९, आश्विन २०७८
images
प्रा. सूर्य सुवेदीले गरे आफ्नो जन्मस्थलमा सामुदायिक भवनका लागि भूमिदान

 


लन्डन (जीएनएन) -- ब्रिटेनको लीड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्य प्रसाद सुवेदीले आफ्नो जन्मस्थल लम्जुङ्ग खुदीमा सामुदायिक भवन निर्माणका लागि दश लाख मूल्य बराबरको आफ्नो पैत्रिक जग्गा भूमिदान गरेका छन्। उक्त सामुदायिक भवनमा वडा कार्यालय र प्रा. सुवेदीका पिता स्वर्गीय होम नाथ सुवेदीको नाममा एक वाचनालय राख्ने योजना रहेको छ।


यस अघि पनि प्रा. सुवेदीले आफुले अध्ययन गरेको लम्जुङ्ग खुदीको अमर उच्च माविमा पुस्तकालय भवन निर्माणका लागि पाँच लाख रुपियाँ नगद चन्दा दिएका थिए। उनले हालै मात्र आफुले अध्ययन गरेको नेपाल ल क्याम्पसलाई दश लाख रुपियाँ नगद र अर्को करिब दश लाख रुपियाँ बराबरका बेलायतका आफ्नो निजी पुस्तकालयका बहुमूल्य ग्रन्थहरु प्रदान गरेका थिए। उनले ती सबै पुस्तकहरु आफ्नै खर्चमा एयर कार्गो गरि ल क्याम्पसलाई पठाएका थिए।


दुइ बर्ष पहिले लण्डनको आफ्नो घरमा आफ्ना स्वर्गीय माता-पिताको सम्मान र सम्झनामा सप्ताह महापुराण यज्ञ गर्दा अरु दानहरु गरेको तर भूमिदान गर्न अनुकूल नमिलेकोमा हाल उक्त सामुदायिक भवनका लागि भूमिदान गर्न पाएकोमा आफुलाई सन्तोष मिलेको प्रा. सुवेदीले बताए। लम्जुङ्गवाट उठेर काठमाडौँको ल क्याम्पसबाट स्नातक तथा बेलायतको हल विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा प्रथम भै स्नातकोत्तर गरि अक्सफोर्ड विश्वविद्यालयमा विद्यावारिधि गर्ने पहिलो नेपाली बनेका प्रा. सुवेदीले अक्सफोर्डबाट महाविद्यावारिधि जस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि पनि हासिल गरेका छन्।


उनी बेलायतकी महारानीबाट दुइ वटा उच्च उपाधिले पनि विभूषित भएका छन्।


"प्रधानमन्त्री भएंभने देशमा परिवर्तन गर्न सक्छु । मन्त्री र राष्ट्रपती त बन्दिन ।" -महावीर पुन

 

images
प्रकाशित मिति :आश्विन १९, २०७८ मंगलवार - २०:२४:४४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend