तिमी छौ र त मेरो जीवन जीवन्त छ ।
तिमीविना मेरो अस्तित्व कहाँ रहन्छ र ?
तिमीसम्गको नाता जो सत्य, अकाट्य छ ।
तर,
तिम्रो त्यो सामिप्यतालाई
न मैले महसुस गर्न सके
न गरे वास्ता
त्यसैले, त म स्वार्थी बनेकी छु ।
तिमी छौ र त मेरा पाइला अडिन्छन् ।
तिमीविना मेरो स्वास कहाँ चल्छ र ?
तिमीसँगको नाता जो अपार, अदृश्य छ ।
तर,
तिम्रो त्यो उपहारलाई न मैले जान्न चाहे
वा गरेँ वेवास्ता
त्यसैले, त म स्वार्थाी बनेकी छु ।
तिमी छौ र त र म उर्जावान बनिरहन्छु
तिमीविना म नै कहाँ रहन्थे र ?
तिमीसँगको नाता प्रेमिल अमर छ ।
तर,
तिम्रो त्यो निवस्वार्थ प्रेमलाई न मैले चिन्न चाहे
वा गरेँ वेवास्ता
त्यसैले त म स्वार्थी बनेकी छ ।
धन्यवाद
(महाकवि लक्ष्मीप्रसाद देवकोटाको एकसय तेह्रौ जन्म जन्यतिका अवसरमा अपर्ण गर्न चाहन्छु।)