Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

म्याग्दी समाजले बाल्टिमोरमा नयाँ बर्ष कार्यक्रम गर्ने, आस्था राउत मुख्य कलाकार

म्याग्दी समाजले बाल्टिमोरमा नयाँ बर्ष कार्यक्रम गर्ने, आस्था राउत मुख्य कलाकार

नेप्लिज डायस्पोरा

१९, कार्तिक २०७८
images
म्याग्दी समाजले बाल्टिमोरमा नयाँ बर्ष कार्यक्रम गर्ने, आस्था राउत मुख्य कलाकार

बाल्टिमोर अमेरिका 

अँग्रेजी नयाँ बर्ष २०२२ को अवसरमा म्याग्दी समाज अमेरिकाले बिबिध सांगीतिक कार्यक्रम गर्ने भएको छ। "नयाँ बर्ष २०२२ को पहिलो दिन जनवरी १ कै दिन शुभ–कामना आदान प्रदान सहित रमाइलो कार्यक्रम गर्ने हो।" म्याग्दी समाज अमेरिकाका उपाध्यक्ष भिम केसीले बताए।

केसीका अनुसार कार्यक्रमको मुख्य आकर्षणका रुपमा चर्चित लोकपप गायिका आस्था राउतलाई ल्याउने पक्का भएको छ। गायिका राउत 'द भ्वाइस अफ नेपाल' सिजन दुईकी कोच हुन्। कार्यक्रममा अमेरिका मै रहेका स्थानिय कलाकारहरुले पनि मनोरन्जक प्रस्तुति देखाउने छन्। कार्यक्रममा नृत्य, लोक तथा दोहोरी गित साथै सालैजो गितहरु पनि प्रस्तुत हुने आयोजकले जानकारी दिएका छन्।

मेरिल्याण्डको बाल्टिमोरमा हुने कार्यक्रम जनवरी १ का दिन राती ८ बजेबाट शुरु भएर मध्यरात २ बजेसम्म चल्ने छ।

नयाँ बर्षको शुरुमै हुन गैरहेको यस कार्यक्रममा उपस्थित भै शुभ–कामना आदान प्रदान गर्न र हाम्रा कलाकारहरुको प्रस्तुतीबाट भरपुर मनोरन्जन लिनुहुन बाल्टिमोरवासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबैनिहरुलाई बिनम्र अनुरोध गरिएको उपाध्यक्ष भीम केसीले जानकारी दिएका छन्।

मिति:  जनवरी १, २०२२
समय:  साँझ ७ बजेदेखि राती १ बजेसम्म
स्थान: 7631 Hardford Road, Baltimore, MD

images
प्रकाशित मिति :कार्तिक १९, २०७८ शुक्रवार - ०६:२२:४१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend