Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

कांग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा, अरू को-को निर्वाचित ?

कांग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा, अरू को-को निर्वाचित ?

नेप्लिज डायस्पोरा

१९, मंसिर २०७८
images
कांग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा, अरू को-को निर्वाचित ?

 


नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शर्माले ६१२ मत ल्याएर सभापति जितेका हुन्।

सभापति पदका अर्का उम्मेदवार अर्जुन जोशीले ५२८ मत ल्याएका थिए। जोशी सभापति शेरबहादुर देउवा पक्षका हुन्।

सभापति जितेका शर्मा कांग्रेस कास्कीका ३ कार्यकाल जिल्ला सभापति भएका थिए। संसदीय निर्वाचन ३ पटक लडेपनि सफल भने भएनन्।

उनका प्रतिस्पर्धी जोशी कांग्रेस पर्वतका पूर्वसभापति हुन् भने तीनपटक सांसद जितेका हुन्। जोशी हाल कांग्रेस केन्द्रीय सदस्य समेत छन्।


प्रदेश उपसभापतिमा कल्पना तिवारी र मेखलाल श्रेष्ठ निर्वाचित भएका छन्। तिवारी स्याङ्जाका वालिङ नगरपालिकाको उपमेयर हुन्।


यस्तै श्रेष्ठ गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री हुन्। श्रेष्ठ पनि स्याङ्जाबाट प्रदेश सभामा निर्वाचित भएका थिए। पौडेल पक्षका तिवारीले ६२४ मत ल्याइन् भने देउवा पक्षका श्रेष्ठले ५५६ मत पाएका थिए।


महामन्त्रीमा पनि पौडेल पक्षका किरणबाबु श्रेष्ठले ५७३ र विष्णुप्रसाद लामिछानेले ५६७ मत पाएर विजयी भए। लामिछाने कांग्रेस नवलपुरका निवर्तमान सभापति एवं गण्डकी प्रदेश सांसद हुन्।


यस्तै महिला सहमहामन्त्रीमा ५५२ मत ल्याएर कोपिला रानाभाट विजयी भइन्। उनी पनि बरिष्ठ नेता पौडेल प्यानलकी हुन्। खुला सहमहामन्त्रीमा रमेशकुमार पाण्डेले ६१८ मत र रामचन्द्र जोशीले ५६९ मत पाएर विजयी भए। उनीहरु पनि पौडेल प्यानलका हुन्।

images
प्रकाशित मिति :मंसिर १९, २०७८ आइतवार - ०८:२६:०१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend