Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

पोखराको चापाकोटमा परम्परागत खेलकुद सहित सांस्कृतिक महोत्सव हुने

पोखराको चापाकोटमा परम्परागत खेलकुद सहित सांस्कृतिक महोत्सव हुने

नेप्लिज डायस्पोरा

२५, मंसिर २०७८
images
पोखराको चापाकोटमा परम्परागत खेलकुद सहित सांस्कृतिक महोत्सव हुने

पोखरा स्पोर्टस । पोखरा महानगर पालिका वडा नं २३ मा खेलकुद सहित विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक महोत्सव हुने भएका छ ।

चापाकोट देउरालीलाई होमस्टेको रुपमा प्रवर्द्धन गर्न महोत्सव आयोजना गर्न लागिएको हो । यहि पौष १ गते देखि ५ गतेसम्म चापाकोट प्रवर्द्धन समितीको आयोजना तथा चापाकोट देउराली होम स्टेको सहआयोजनामा हुने भएको हो ।

उक्त महोत्सव अन्तर्गत परम्परागत घैंटो फुटाउने, रत्यौली, पन्चेबाजा, भजन प्रतियोगिता समेत समावेश गरिएको छ । लोकदोहोरी गायकहरुको समेत प्रस्तुती रहने उक्त कार्यक्रममा लोकल अर्गानिक खाना, लिङ्गे पिङ्ग लगायत अन्य विविध मनोरञ्जनात्मक कार्यक्रमहरु तय गरिएको लोक गायक कृष्ण देवकोटाले जानकारी दिएका छन् ।

उक्त महोत्सव सम्पन्न गर्न कास्की जिल्ला खेलकुदका सचिव भिम पराजुलीको संयोजकत्वमा एक समिती गठन गरिएको छ भने उक्त महोत्सवको कार्यक्रम सञ्चालन वरिष्ठ लोक दोहोरी गायक प्रजापती पराजुलीले गर्नेछन् ।

उक्त कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न अमेरिकाको एटलान्टाबाट सामाजिक तथा व्यवसायिक व्यक्तित्वहरुले नगद १ लाख ४१ हजार सहयोग गरेका छन् । महोत्सवका लागि सहयोग गर्नेहरुमा कृष्ण देवकोटा, सिके पराजुली, राम पराजुली, ममता पराजुली, लक्ष्मण पराजुली र गणेश आचार्यले सहयोग गरेको अमेरिकाबाट लोक गायक देवकोटाले जानकारी दिएका छन् ।

पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण रहेको पोखरा २३ चापाकोटको प्रवर्द्धन हुन नसक्दा त्यसको समुचित लाभ स्थानियहरुले भने लिन सकेका छैनन ।

images
प्रकाशित मिति :मंसिर २५, २०७८ शनिवार - ०७:१८:१८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend