Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

शिवासन कृषि सहकारीको आठौं साधारण सभा सम्पन्न

शिवासन कृषि सहकारीको आठौं साधारण सभा सम्पन्न

नेप्लिज डायस्पोरा

२५, पौष २०७८
images
शिवासन कृषि सहकारीको आठौं साधारण सभा सम्पन्न

 

पाल्पा, २०७८ पौष २१
शिवासन कृषि सहकारी संस्थाको आठौ वार्षिक उत्सव तथा साधारण सभा संस्थाका अध्यक्ष पशुपति बश्यालको अध्यक्षता तथा बगनासकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बश्यालको प्रमुख आतिथ्यतामा सामुदायिक भवन देउरालीमा पौष २१ गते सम्पन्न भएको छ । विमला बश्यालको स्वागतमा अगाडि बढेको कार्यक्रममा बार्षिक प्रतिवेदन सुनाउँदै अध्यक्ष पशुपति बश्यालले संस्थाको कुल पूँजी ३८ लाख १५ हजार ८ सय ४४ तथा शेयर पूँजी ५ लाख ४३ हजार ४ सय रूपैयाँ तथा शुद्ध नाफा १ लाख २१ हजार ९ सय ३८ रूपैयाँ भएको तथा ४ सय सदस्यहरू रहेको कुरा प्रतिवेदनमा सुनाउनु भएको थिय‍ो । साथै संस्थाको आगामी बर्षमा १ सय सदस्यहरू थप्ने, संस्थाको आफ्नै भवन निर्माण गर्ने, अदुवा भण्डारण स्थल बनाउने, सस्तो पसल चलाउने लगायतका थुप्रै दीर्घकालीन लक्षित योजनाहरू समेत रहेको कुरा जानकारी गराउनु भएको थियो ।

लेखा समिति संयोजक देवका बश्यालको लेखा प्रतिवेदनसँगै संस्थाले उद्यमी किसानहरू क्रमश : मोहनीलाल घिमिरे, भीमकुमारी राना, भोजबहादुर मिधुन, चन्द्रकला चिदी, लोकप्रसाद श्रेष्ठ, रिता घिमिरे, नुनीसरा कँवर, हरिप्रसाद बश्याल तथा विद्यार्थी सम्मान अन्तर्गत : शुशिल बश्याल, सदीक्षा बश्याल, गोपाल भुषाल, अविनाश बश्याल, प्रतिमा बश्याल, गङ्गा बश्याल लगायतलाई सम्मान गरेको थियो ।

साथै संस्थाकी सल्लाहकार रूपा बश्याल, कालिका आधारभूत माविका प्र . अ. जीवराज घिमिरे, कृषि ज्ञान केन्द्रकी कामना अधिकारी, बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष कृष्ण भूषाल, बगनासकाली गापा वार्ड नम्बर ८ का वडा अध्यक्ष गणेशप्रसाद बश्याल वार्डले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य दिनु भएको थियो ।

बन्द सत्रमा पशुपति बश्यालको अध्यक्षतामा नयाँ कार्य समितिको पुनर्गठन समेत गरिएको थियो । पुनर्गठित कार्यसमितिको उपाध्यक्षमा गोमा बश्याल कोषाध्यक्ष लुमकला घिमिरे, सचिव खेमबहादुर कुँवर, सदस्यहरू क्रमश चिनु मिधुन, लक्ष्मी बुढाथोकी, पिम्मला बश्याल, जीतबहादुर राना, सरस्वती बश्याल तथा देवका बश्यालको संयोजकत्वमा लेखा समिति समेत गठन भएको छ सो समितिमा सीता बश्याल तथा शारदा भुषाल सदस्य चयन हुनुभएको छ ।

2.jpg

 

3.jpg

 

4.jpg

 

images
प्रकाशित मिति :पौष २५, २०७८ आइतवार - ०९:२६:४७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend