Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

'चिनो रुमाल' को सफलतापछि गायक अशोक अर्यालको नयाँ गीत 'जाले रुमाल’

'चिनो रुमाल' को सफलतापछि गायक अशोक अर्यालको नयाँ गीत 'जाले रुमाल’

सतीश चापागाईं

९, माघ २०७८
images
'चिनो रुमाल' को सफलतापछि गायक अशोक अर्यालको नयाँ गीत 'जाले रुमाल’

 

बिगत लामो समय देखि अमेरिकामा बस्दै आएका गायक अशोक अर्याल र नेपालकी चर्चित गायिका अस्मिता अधिकारीको  स्वरमा रहेको 'जाले रुमाल' बोलको गित सार्बजनिक भएको छ। डा. बिष्णुमुर्ति भट्टराई र गायक अर्यालको शब्द रहेको यस गितमा चर्चित संगीतकार राजु अर्यालले  संगीत भरेका छन् भने ख्याति प्राप्त संगीत संयोजक श्यामश्वेत रसाईलीले संगीत संयोजन गरेका छन्।  गीतको कोरस स्वरमा गोविन्द ओस्ती र स्मृती शाहीले सहयोग गरेका छन । 

दुई प्रेमी बिचको प्रेम कहानी बोकेको जाले रुमालको म्युजिक भिडियोमा गायक अर्याल र  चर्चित नायिका केकी अधिकारीको अभिनय रहेको ।पहिलो पटक गायक अर्यालले यस गितको भिडियोमा मुख्य भूमिका निर्बाह गरेका छन्। अत्यन्तै मनमोहक ठाउँमा छायांकन गरिएको यो भिडियोलाई  अहिलेका निकै चर्चित र ब्यस्त निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका छन्।  चर्चित छायाँकार दुर्गा पौडेलले छायांकन गरेको उक्त भिडियोलाई  नबिन घर्ति मगरले सम्पादन गरेका छन्।  

प्रतिमा अर्यालको लगानी रहेको जाले रुमालको बजार व्यवस्थापन सलीना म्युजिक प्रा. लि. ले गरेको छ  । गायक अर्यालकै युट्युब च्यानल 'अशोका ईन्टरटेनमेन्ट' मार्फत 'जाले रुमाल' को  भिडियो बजारमा ल्याईएको छ साथै यसको अडियो गित एप्पल म्युजिक, आईटीऊन ,स्पटीफाई , एमाजोन, फेसबुक , टिकटकहरु लगायत अरु थुप्रै अडियो प्लेटफर्महरुमा सुन्न पाईन्छ। 
 
गायक अर्यालले गत बर्ष नेपालकी चर्चित गायिका गायिका समिक्षा अधिकारीको साथमा चिनो रुमाल बोलको गित ल्याएका थिए जसले दर्शक स्रोताको मन जित्न सफल भएको थियो भने गत महिना मात्रै 'नारायण नारायण' बोलको लोक भजन ल्याएका थिए जसले पनि निक्कै राम्रो प्रतिक्रिया बटुल्न सफल भएको थियो ।  
जाले रुमालले दर्शक स्रोताको मन जित्न सफल होस् हाम्रो तर्फबाट लागि हार्दिक शुभकामना।  

'जाले रुमाल' गितको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।


https://youtu.be/UMx3KPj_JAE

 

images
प्रकाशित मिति :माघ ९, २०७८ आइतवार - ०५:३५:५४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend