Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

वैशाख ३० गते देशभरका ७ सय ५३ स्थानीय तहमा निर्वाचन गर्ने घोषणा

वैशाख ३० गते देशभरका ७ सय ५३ स्थानीय तहमा निर्वाचन गर्ने घोषणा

नेप्लिज डायस्पोरा

२४, माघ २०७८
images
वैशाख ३० गते  देशभरका ७ सय  ५३ स्थानीय तहमा निर्वाचन गर्ने घोषणा

सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते शुक्रबार गर्ने निर्णय गरेको छ। “एकैदिन देशभरका ७ सय  ५३वटै स्थानीय तहमा निर्वाचन हुनेछ ।” सरकार निकट स्रोतले बतायो ।

 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ वैशाख ३० मा चुनाव गर्ने निर्णय गरेको हो।

०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो।

 

प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि निर्वाचन आयोगका आयुक्तहरूसँग स्थानीय चुनावबारे छलफल गरेको रआयोगले दिएको सुझाब अनुसार जेठ ४ मा स्थानीय चुनाव  घोषणा भएको हो ।

 

सत्तारूढ गठबन्धनका नेताहरूको बैठकले पनि जेठमा स्थानीय चुनाव गर्ने समझदारी गरेका थिए।

 

यस अघि प्रधानमन्त्री देउवाले आइतबार प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओली र नेकपामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्थानीय चुनाव, एमसिसीलगायत विषयमा छलफल गरेका थिए।

images
प्रकाशित मिति :माघ २४, २०७८ सोमवार - २१:२२:१२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend