Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

चुनाव अगाडी नै नेपाल प्रहरी र शसस्त्रको नेतृत्व परिवर्तनको तयारी

चुनाव अगाडी नै नेपाल प्रहरी र शसस्त्रको नेतृत्व परिवर्तनको तयारी

नेप्लिज डायस्पोरा

४, फाल्गुण २०७८
images
चुनाव अगाडी नै नेपाल प्रहरी र शसस्त्रको नेतृत्व परिवर्तनको तयारी

काठमाडौं । सरकारले आगामी वैशाख ३० मा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयसँगैनिर्वाचनको सुरक्षाका गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आफ्नो तयारी थालेको समाचार नेपालका विभिन्न संचारमाध्यममा प्रकाशित भएका छन् ।

लोकप्रिय अनलाईन रातोपाटी डटकममा प्रकाशित समाचार अनुसार, “चुनावी सुरक्षाको मुख्य जिम्मेवार निकाय नेपालप्रहरी र सशस्त्र प्रहरीको नेतृत्व सो निर्वाचनभन्दा केही दिनअघि परिवर्तन हुँदैछ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाक्षेत्री ३० वर्षे सेवा अवधि पूरा गरेर २०७९ वैशाख १९ मा अवकाश जाँदैछन् । उनी २०७७ असार २३ मा प्रहरी महानिरीक्षकनियुक्त भएका थिए ।”

 

रातोपाटी अगाडी लेख्छ: ‘सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल २०७८ चैत २७ मा अवकाशमा जाँदैछन् ।आईजीपीको चारवर्षे पदावधिका कारण खनाल अवकाशमा जान लागेका हुन् । खनालको अवकाशपछि उनकै ब्याचमेटसशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी महानिरीक्षक (आईजीपी) बन्नेछन् । केसी २२ दिनमात्रआईजीपी हुनेछन् । वैशाख १९ पछि सशस्त्र प्रहरीले पनि नयाँ नेतृत्व पाउनेछ ।’

 

दुवै संगठनका आईजीपीको अवकाशसँगै मन्त्रिपरिषद्ले नियुक्त गर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्वले स्थानिय तहनिर्वाचनको चुनावी सुरक्षाको कमाण्ड गर्नेछन् ।

रातोपाटीको समाचार विस्तृतमा पढ्नुहोस:

https://ratopati.com/story/221385/2022/2/16/nepal-police-apf-

 

 

images
प्रकाशित मिति :फाल्गुण ४, २०७८ बुधवार - २१:४१:१३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend