Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

घले पक्षिय एनआरएनएको संसोधित बिधान परराष्ट्र मन्त्रलायमा दर्ता

घले पक्षिय एनआरएनएको संसोधित बिधान परराष्ट्र मन्त्रलायमा दर्ता

नेप्लिज डायस्पोरा

१३, चैत्र २०७८
images
घले पक्षिय एनआरएनएको संसोधित बिधान परराष्ट्र मन्त्रलायमा दर्ता

 

 

काठ्माण्डौको होटल याक एण्ड यति दरबारमार्गमा सम्पन्न गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनबाट २०२१-२०२३ कार्यकालको लागि बिनोद कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको छ।

गैरआवासीय नेपाली संघका पुर्ब अध्यक्ष शेष घलेको पहलमा भएको सम्मेलनबाट यो नेतृत्व चयन भएको थियो ।

नव निर्वाचित नेतृत्वले मार्च २६, २०२२ मा बैठक बसी संघ दर्ता भएको नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा बिधान दर्ता गर्ने निर्णय गरेको थियो। सोहि अनुरुप अध्यक्ष कुँवर र अन्य कार्यकारी सदस्यहरु आज मार्च २७, २०२२ आइतबार मन्त्रालय पुगेर बिधान दर्ता गराएका छन्।

 

पदाधिकारीहरुबाट सहि गरेको बिधान आज मार्च २७, २०२२ का दिन बिहान करिब ११:०० बजे दर्ता गरिएको कुरा संघका अध्यक्ष बिनोद कुँवरले जानकारी दिनुभयो। उहाँले अब सचिवाल गएर अफिस संचालन गर्ने जानकारी दिनुभएको छ।

यसपूर्व गैरआवासीय नेपाली संघ दर्ता भएको नेपाल सरकारको परराष्ट्र मन्त्रालयले संघको १० औं महाधिवेशन सम्पन्न गर्ने संघका प्रमुख संरक्षक शेष घलेलाई जिम्मेवारी र अधिकार सहितको पत्र दिएको थियो।

 

प्रमुख संरक्षक शेष घलेले सो जिम्मेवारी पुरा गरेको र अब नयाँ नेतृत्वले संघलाइ अगाडि लैजाने कुरामा आफू विश्वश्त रहेको कुरा महाधिवेशनको समापनमा बताउनु भएको थियो।

images
प्रकाशित मिति :चैत्र १३, २०७८ आइतवार - २०:३७:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend