काठमाडौं । नेपालमा राम्रो नाम कमाएकी लोकदोहोरी गायिका बीमाकुमारी दुराले अमेरिकामा बस्ने गरी नेपाल छाडेको बुझिएको छ । दुरा केही दिनअघि श्रीमानसहित अमेरिकाको न्युयोर्क आईपुगेकी छन ।
अब न्युयोर्कमा छोरीसँगै बस्ने निर्णयका साथ दुरा दम्पती अमेरिका आएको श्रोतले बतायो । उनकी छोरी चार वर्षदेखि अमेकिका मै छन् ।
अमेरिका उड्नुअघि बीमाकुमारीले टिकटकमा एक भावुक भिडियो पोस्ट गर्दै आफू बाध्यताले देश छाडेर जान लागेको बताएकी छन् ।
‘मेरै देशले जन्मायो । मेरै देशले हुर्कायो । मेरै देशको माटोले मलाई सिन्दूर पहिर्यायो । तर बाध्यता पनि यस्तो कि यस्तोकहिल्यै नहोस्, नेपाली जनताले सेवा पाउन् । म जस्तो रोएर हिंड्नु नपरोस् मेरो देशको जनताले । जय देश, जय नेपाल प्यारो छ मलाई । मलाई हुर्काइदियौ, फुर्काइदियौ । मलाई सात समुन्द्रसम्म घुमाइदियौ । धन्यवाद मेरो नेपाललाई । तर न्याय कहाँ छ भन्न चाहन्छु ।’ भिडियोमा दुराले भनेकी छन ।
काठमाण्डौंको गोंगबुमा रहेको घर बिक्री गर्दा आफ्नो जिल्लाबासीबाट ठगिएपछि दुरा दम्पती आर्थिक संकटमा परेको समाचारहरुमाआएको थियो । आफन्तबाट ठगिएको भनेर समाचारहरु प्रकाशन भएपछि उनले खण्ड गरेकी हुन ।

एक महिनाअघिको एक अन्तर्वार्तामा उनले आफू एक वर्षदेखि राम्रोसँग नसुतेको पनि बताएकी छन् ।
छुट्यो मायाजाल, माझीदाइ पोखरा, जम्मु कश्मीरमा, हङकङ आईडीले, खैरेनीमा गेट, वनको काफल वनकै चरीलाई, योदाजुको मिर्मिरे आँखा, पानसमा बत्ती बालेको, दमौलीमा गेट उनका चर्चित गीत हुन् ।
नेपालकी चर्चीत गायिका बीमाकुमारी दुराको अमेरिका बसाई सुखद रहोस ।