Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

काठमाण्डौको फोहोर फाल्ने सिस्डोलमा अध्ययन शुरु, स्थानीय खुशी

काठमाण्डौको फोहोर फाल्ने सिस्डोलमा अध्ययन शुरु, स्थानीय खुशी

नेप्लिज डायस्पोरा

२५, जेठ २०७९
images
काठमाण्डौको फोहोर फाल्ने सिस्डोलमा अध्ययन शुरु, स्थानीय खुशी

काठमाण्डौको फोहोर फाल्ने सिस्डोलमा अध्ययन शुरु भएको छ । महानगरपालिकाका मेयर बालेन शाहले फेसबुकबाट यो जानकारी दिएका हुन । 

बालेन लेख्छनः


नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को विज्ञटोलीले सिस्डोलको अध्ययन गरेको छ । लिच्चड मिसिएर भएको प्रदुषणको अध्ययन डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाइँ जोसी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठ सहितको नास्टको विज्ञटिमले गरेको हो । लिच्चड मिसिनु भन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थान भन्दा ९२० मिटर पर गरेर ३ फरक फरक बिन्दुबाट पानीको नमुना संकलन गरेर अध्ययन गरिएको हो ।

सिस्डोलबाट संकलित तिनवटा नमुनाहरुको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्तमात्रामा लिच्चड मिसिएको देखिएको छ । स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा पनि प्रदुषणको मात्रा उच्च देखिएको छ । यसबाट सो स्थानमा जलसम्बद्ध जीवजन्तुमा नकारात्मक असर परेको प्रारम्भिक अध्ययनले देखाएको छ । विज्ञटोलीले यो अवस्थालाई सकेसम्म चाँडो नियन्त्रण गर्न जरुरी रहेको बताएको छ ।

पानी तथा लिच्चडको पुर्ण रिपोर्ट आगामी केहिदिनमा थाहा हुने र पुर्ण रिपोर्ट प्राप्त भए पछि नास्टको टिमले नै त्यसको निरुपणको विधि पनि सुझाव गर्ने छ । नास्ट लगायत अन्य विज्ञहरुसँग समन्वय गरेर तत्कालै गर्न सकिने, मध्यमकालिन र दीर्घकालिन समाधानको बारेमा छलफल र अभ्यास गरिनेछ ।

आज नै अमृता पौडेलको नेतृत्वमा आएको टोलीले सिसडोल डाँडा अवलोकन गरेर सिसडोललाई गन्धरहित बनाउन चाहिने जिवातुको मात्रा र छर्ने बिधि निर्क्यौल गरेको छ । यसका लागि प्रारम्भिक कामहरु ३ दिन भित्र नै सुरु गर्ने गरि तयारी भइरहेको छ ।

images
प्रकाशित मिति :जेठ २५, २०७९ बुधवार - ०६:४६:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend