Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बुढीगण्डकी जलविद्युत् आयोजना अब स्वदेशी लगानीमा बनाउने प्रस्ताव

बुढीगण्डकी जलविद्युत् आयोजना अब स्वदेशी लगानीमा बनाउने प्रस्ताव

नेप्लिज डायस्पोरा

२५, जेठ २०७९
images
बुढीगण्डकी जलविद्युत् आयोजना अब स्वदेशी लगानीमा बनाउने प्रस्ताव

काठमाडौं। लामो समयदेखि विभिन्न बहानामा अलपत्र पर्दै आएको बुढीगण्डकी जलविद्युत् आयोजना अब पब्लिक कम्पनीमार्फत निर्माण गरिने भएको छ। १२ सय मेगावाट क्षमताको जलायशयुक्त यो आयोजना कम्पनी मोडलमा स्वदेशी लगानीमा बनाउने प्रस्ताव तयार गरिएको हो ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ढाँचाअनुसार यो आयोजना निर्माण गर्न 'बुढीगण्डकी जलविद्युत् विद्युत् विकास कम्पनी लिमिटेड' नामक कम्पनी खोलिनेछ। मन्त्रालयले यो कम्पनीका लागि प्रबन्धपत्र तयार पारेर वित्तीय र कानुनी राय सुझाव लिन अर्थ र कानुन मन्त्रालयसमक्ष पेस गरेको छ।

गत चैत २४ मा बसेको मन्त्रिपरिषद् बैंठकले बुढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एण्ड पावर ग्रुप कम्पनी लिमिटेड (सिजिजिसी) बाट खोसेर स्वदेशी लगानीमा बनाउने निर्णय गरेको थियो । आव २०७९/८० को बजेटमा पनि यो आयोजना आन्तरिक स्रोतबाट निर्माण गर्ने उल्लेख छ। आजकोनागरिक दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :जेठ २५, २०७९ बुधवार - १०:२६:३७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend