काठमाडौं –
नेपालको आगामी संसदीय निर्वाचनमा उमेद्वारी घोषणा गर्नेहरुको लर्को शुरु भएको छ । बिशेषगरी स्वतन्त्र उमेद्वारहरुको नाम अगाडी आईरहेको छ । यहि क्रममा काठमाण्डौंको क्षेत्र नम्बर ४ बाट राधा पोखरेलको नाम अगाडी आएको छ ।
काठमाण्डौ क्षेत्र नम्बर ४ नेपाली काग्रेसका महामन्त्री गगन थापाको क्षेत्र हो ।
सेयर बजारमा सेयर सुन्दरीको रुपमा परिचित नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल आगामी प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन लड्ने तयारी गरेकी छन्।
राधा चर्चित नेता तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको निर्वाचन क्षेत्र रोजेकी छन् । पोखरेल ४ नं क्षेत्रकै मतदाता समेत रहेकी उनी आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट उनी चुनाव लड्न लागेकी हुन् ।
स्थानीय तह निर्वाचनमा स्वतन्त्र उमेदवारहरुलाई खुलेर साथ र सहयोग गरी पोखरेल संघीय संसदको निर्वाचन लड्न लागेको बुझिएको छ ।
पोखरेल निकट स्रोतका अनुसार उनले संसदीय चुनाव स्वतन्त्रबाट भिड्ने तयारी गर्दै भित्रभित्रै च्यानल तयार पारिसकेकी छन् । सेयर बजारका यावत समस्यालाई लिएर पोखरेल चार बर्षदेखि लगानीकर्ताको पक्षमा आवाज उठाउदै आएकी छन् ।
महिला तथा बालबालिका, आर्थिक, सामाजिक क्षेत्रमा रहेका विकृति विसंगतिलाई खरो रुपमा उठाउदै आएकी पोखरेल कोरोना, भुकम्प , बारा पर्सामा गएको हावा हुरी , बिभिन्न ठाँउमा गईरहने बाढी पहिरो लगाएतबाट पिडित मानिसलाई सामाजिक अभियान्ताको रुपमा सहयोग गर्दै आएकी थिइन् ।
स्नातकोत्तरसम्मको अध्यन पुरा गरेकी पोखरेल अब राजनीतिमा लागेर देश बनाउनका साथै सेयर बजारका समस्यालाई जरै देखि निर्मुल गर्ने बताउदै आएकि छिन् ।
काग्रेसबाट यो क्षेत्रबाट गगनले टिकट पाउछन पाउदैनन वा लिन्छन लिदैनन त्यो अहिले नै भन्न सकिन्न तर राधाको तयारीले यो क्षेत्रमा अहिले हल्लाखल्ला नै शुरु भएको छ ।