Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

कर्मचारी कटौती गर्ने घोषणा तर चार वर्षयता केन्द्रमा ४ हजार दरबन्दी

कर्मचारी कटौती गर्ने घोषणा तर चार वर्षयता केन्द्रमा ४ हजार दरबन्दी

नेप्लिज डायस्पोरा

२७, जेठ २०७९
images
कर्मचारी कटौती गर्ने घोषणा तर चार वर्षयता केन्द्रमा ४ हजार दरबन्दी

काठमाडौ। संघीय सरकारले आर्थिक वर्ष २०७९/०८० मा १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा बजेट वक्तव्यमार्फत गरेको छ। तर यो घोषणामै सीमित हुने सम्भावना रहेको प्रशासनविद्हरू बताउँछन् । चार वर्षयता केन्द्रमा ४ हजार दरबन्दी थप गरिएका छन् ।

प्रशासनविज्ञहरू भन्छन्, 'सरकारको घोषणा व्यबहारमा लागु हुन कठिन छ। किनभने सरकारले पवित्रले मनले कर्मचारी कटौती गर्ने घोषणा गरेको होइन । केबल यो नारा मात्र हो ।'

संघीय संघीय मामिला मन्त्रालयका अनुसार कर्मचारी समायोजन भएयता झण्डै ४ वर्षको अवधिमा केन्द्रमा दरबन्दीको संख्या ५३ हजार पुगेको छ। २०७५ मा गरिएको संगठन तथा व्यववस्थापन (ओएनएम) सर्भेपछि केन्द्रमा करिब ४ हजार दरबन्दी थप गरिएको संघीय मामिला मन्त्रालयका प्रवक्ता बसन्त अधिकारी पनि स्वीकार गर्छन् ।

सरकारले १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। यो जिम्मेवारी हामीलाई दिने हो भने हामीले गृहकार्य अघि बढाउछौं,' अधिकारीले भने, 'सरकारको घोषणा अहिले नै लागु गर्ने होइन । साउनबाट लागु गर्ने भनिएको हो।' आजको नागरिक दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :जेठ २७, २०७९ शुक्रवार - ०८:५४:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend