Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे संसदमा जानकारी गराउन एमालेको माग

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे संसदमा जानकारी गराउन एमालेको माग

नेप्लिज डायस्पोरा

२७, जेठ २०७९
images
प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे संसदमा जानकारी गराउन एमालेको माग

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण विषयमा सदनमा जानकारी गराउन माग गरेको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समय माग गरि बोल्दै एमाले सांसद डा.सूर्यप्रसाद पाठकले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको सम्बन्धमा संसदमा जानकारी दिन आग्रह गरेका हुन् ।

उनले नेपाललाई सैन्य गठबन्धनमा प्रवेश गराइने हो कि भन्ने आशंकाहरु उब्जिएको बताए । राष्ट्रिय स्वाधिनता र नेपालको सार्वभौमसत्तासँग जोडिएको विषय भएकाले प्रधानमन्त्रीले संसदबाट आम जनतालाई जवाफ दिनुपर्ने उनको भनाई छ । 

उनले जेठ २६ गते सत्ता घटक दलका प्रमुख सचेतकले राष्ट्रिय सुरक्षा संवेदनशिलताका सम्बन्धमा राखेको अभिव्यक्तीले प्रतिपक्षीलाई अत्यन्त चिन्तित चुल्याएको भन्दै उनले हिन्द प्रशान्त रणनीतिमा सहभागी हुने हो कि भन्ने आशंका पैदा भएको धारणा व्यक्त गरे।

 

 

 

images
प्रकाशित मिति :जेठ २७, २०७९ शुक्रवार - १३:३२:५७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend