Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

नेपाल एसपीपीमा २०१९ मै सहभागी भइसकेको अमेरिकाको दाबी

नेपाल एसपीपीमा २०१९ मै सहभागी भइसकेको अमेरिकाको दाबी

नेप्लिज डायस्पोरा

२, आषाढ २०७९
images
नेपाल एसपीपीमा  २०१९ मै सहभागी भइसकेको अमेरिकाको दाबी

काठमाडौ। नेपाल अमेरिकी 'स्टेट पार्टनरसिप प्रोगाम' (एसपीपी) मा सहभागी हुन लागेको भन्दै सडकदेखि संसद्सम्म बहस भइरहेका बेला अमेरिकाले भने नेपाल सन् २०१९ मै उक्त कार्यक्रममा सहभागी भइसकेको दाबी गरेको छ।

नेपालले सन् २०१५ र २०१७ मा उक्त कार्यक्रममा सहभागिताका लागि अनुरोध गरेपछि अमेरिकाले सन् २०१९ मा नेपालको प्रस्ताव स्वीकार गरेको र त्यससँगै नेपाल एसपीपीमा सहभागी बनेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। 'यो अमेरिकाले अघि बढाएको कार्यक्रममा होइन। यसमा सहभागी हुन नेपालका तर्फबाट दुईपटकसम्म प्रस्ताव आएको थियो ।

त्यसलाई अमेरिकाले सन् २०१९ मा स्वीकार गरेको हो,' अमेरिकी दूतावासका नियोग उपप्रमुख मानुअल पी मिकालरले भने।

नेपालस्थित अमेरिकी दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा यो कार्यक्रममा सहभागी हुन अमेरिकाले आफै प्रस्ताव नगर्ने तर प्रस्ताव आए त्यो स्वीकृत हुने उल्लेख छ।
 
कूटनीतिक स्रोतका अनुसार एसपीपीमा सहभागी हुन नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सन् २०१५ र २०१७ मा अमेरिकालाई पत्र लेखेका थिए ।  आजको नागरिक दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :आषाढ २, २०७९ बिहिवार - ११:३४:२३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend