काठमाडौं।टेलिभिजनकर्मी रवि लामिछानेले आफू कार्यरत ग्यालेक्सी फोरके टेलिभिजन छाडेका छन्। बिहीबार उनलाई टेलिभिजनको टिमले औपचारिक बिदाइ गरेको छ।
ग्यालेक्सी टेलिभिजनको बिदाई समारोहमा बोल्दै लामिछानेले जनताका प्रश्न सोध्ने ठाउँबाट जनताका प्रश्नको उत्तर दिने ठाउँमा जान चाहेको बताएका छन् । स्वतन्त्र उम्मेदवारकका रुपमा उनी काठमाडौंको कुनै निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाको निर्वाचनमा उठ्ने तयारी गरिरहेको बुझिएको छ। तर यसबारे औपचारिक जानकारी उनले दिइसकेका छैनन्।
लामिछाने आजै ग्यालेक्सी टिभीबाट बिदाई भएका छन् । टिभीका अध्यक्ष जिवी राईले लामिछानेलाई औपचारिक विदाइ गरे ।