अपडेट
पाल्पाकाे रानीमहल क्षेत्रमा र्याफ्टिङ गर्ने डुँगा पल्टिएकाे छ । कालीगण्डकी नदीको रानीमहल क्षेत्रमा र्याफ्टिङ गर्ने डुंगा पल्टिँदा ७ जना व्यक्तिहरू नदीमा केही समय बगेका थिए । डुँगामा सवार ७ जनाकै जीवितै उद्दार गरिएकाे पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।
रानीमहल घुम्न पुगेका भारतीय पर्यटक चढेकाे डुँगा पल्टिएकाे हाे । रानीमहल क्षेत्रमा रानीमहल तेजकुमारी बिच क्याम्पबाट डुंगा सञ्चालन भएको थियो । प्रमुख जिल्ला अधिकारी पन्तका अनुसार उक्त डुंगामा ७ जना रहेकोमा डुंगा चालकले एक जनालाई उद्धार गरे भने बाँकी ६ जनाकाे स्थानीय र प्रहरीले उद्दार गरेकाे हाे । उनीहरूले लाइफ ज्याकेट लगाएका कारण ठूलाे दुर्घटना हुन नपाएकाे प्रजिअ पन्तले बताए ।
केही दिन अगाडीमात्र उद्दार अभ्यासका क्रममा समेत डुँगा नचलाउन सुझाइएकाे बताउँदै प्रजिअ पन्तले बर्खाकाे समय सुरू भएकाेले नदी तथा खाेला क्षेत्रमा सावधानी अपनाउनु जरूरी रहेकाे बताए ।
पुरानो समाचार
पाल्पा — कालीगण्डकी नदीअन्तर्गत पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा र्याफ्टिङ गर्ने डुंगा पल्टिँदा त्यसमा सवार ६ जना बेपत्ता भएको समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।
बेपत्ता हुनेमा रानीमहल घुम्न गएका पर्यटक रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले संचारकर्मीहरुलाई जानकारीदिएका छन ।
र्याफ्टिङ गर्नेहरू भारतीय पर्यटक रहेको समेत उनले जानकारी दिएका हुन ।
रानीमहल क्षेत्रमा रानीमहल तेजकुमारी बिच क्याम्पबाट डुंगा सञ्चालन भएको थियो । प्रमुख जिल्ला अधिकारी पन्तका अनुसार उक्त डुंगामा ७ जना रहेकोमा डुंगा चालकले एक जनालाई उद्धार गरे पनि बाँकी ६ जना कालीगण्डकी नदीमा बेपत्ता भएका हुन् ।
तल्लो तटीय क्षेत्रमा सेना र सशस्त्र प्रहरीलाई परिचालन गरिएको र माथिल्लो क्षेत्रमा रानीमहलतर्फबाट प्रहरी परिचालन गरिएको छ, कान्तिपुरमा उल्लेख छ ।