Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एअर अरेबिया र फ्लाई दुबईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान भर्ने

एअर अरेबिया र फ्लाई दुबईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान भर्ने

नेप्लिज डायस्पोरा

६, आषाढ २०७९
images
एअर अरेबिया र फ्लाई दुबईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान भर्ने

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा कम्पनीले पनि नियमित उडान भर्ने भएका छन्।

एअर अरेबिया र यूएईको फ्लाई दुबई कम्पनीले नियमित उडान भर्नका लागि प्रक्रिया अघि बढाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ। यी दुवै संयुक्त अरब इमिरेट्स (यूएई) का अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी हुन्।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार एअर अरेबियाले आउँदो दुई हप्ताभित्रै नियमित व्यावसायिक उडानका लागि इच्छा प्रकट गर्दै प्रक्रिया थालेको छ। गौतमबुद्ध विमानस्थलबाट श्रम गन्तव्य मुलुक जान चाहने यात्रुको माग तथा चाप उच्च रहेपछि अन्य विदेशी वायुसेवा कम्पनीले पनि यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि रुचि देखाएका हुन्।

यसैगरी एक महिनाअघि विमानस्थल उद्घाटनसँगै साताको तीन दिन नियमित उडान शुरू गरेको जजिरा एअरलाइन्सले पनि छिट्टै हप्तामा सातै वटा उडान गर्ने तयारी गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख गोविन्दप्रसाद दाहालले बताउनुभयो।

हाल काठमाडौं–कुवेत रुटका लागि जजिराको न्यूनतम भाडा ३३ हजार रहेको छ। भैरहवा(कुवेत रुट भएर अवतजावत गर्दा भने यसमा २० प्रतिशत अर्थात् ६ हजार ६ सय कममा सेवा दिँदै आएको जनाइएको छ।

जजिरा एअरले छिट्टै आफ्नो उडान तालिका परिवर्नन गरी बिहानका लागि पनि बनाउने योजना बनाएको जजिराको नेपालका लागि आधिकारीक जिएसए सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रवीचन्द्र सिंहले बताउनुभयो । 

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने आउने यात्रुको यो विमानस्थलमा चाप बढेको छ । 

images
प्रकाशित मिति :आषाढ ६, २०७९ सोमवार - १६:४०:५७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend