Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

विदेशका नेपालीले मतदान गर्ने ब्यवस्था मिलाउन प्रधानमन्त्रीलाई विश्व गगनको सुझाब

विदेशका नेपालीले मतदान गर्ने ब्यवस्था मिलाउन प्रधानमन्त्रीलाई विश्व गगनको सुझाब

नेप्लिज डायस्पोरा

६, आषाढ २०७९
images
विदेशका नेपालीले मतदान गर्ने ब्यवस्था मिलाउन प्रधानमन्त्रीलाई विश्व गगनको सुझाब

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरुले पनि मतदान गर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर महामन्त्रीद्वय थापा र शर्माले यस्तो माग गरेका हुन् ।

महामन्त्री द्वयले सोमबार सभापति देउवालाई बालुवाटार पुगेर भेटवार्ता गरेका थिए ।

सार्वजनिक सरोकारका विषयमा सभापति देउवाको ध्यानाकर्षण गराएको महामन्त्री शर्माले संचारकर्मीहरुलाई बताए ।

"सर्वोच्च अदालतले दुई वर्ष अगाडि नै विदेशमा रहेका नेपालीहरुले पनि मतदान गर्न पाउने व्यवस्था गर्न सरकारलाई कानुन निर्माणगर्न र आवश्यक वातावरण बनाउन आदेश दिइसकेको छ, तर स्थानीय तह निर्वाचनमा त्यस्तो प्रबन्ध हुन सकेन," उनले भने, "आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरुले पनि मतदान गर्न पाउने व्यवस्था होस् भनेर प्रधानमन्त्रीज्यूकोध्यानाकर्षण गराएका छौँ ।"

images
प्रकाशित मिति :आषाढ ६, २०७९ सोमवार - २०:१६:२१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend