Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

पेट्रोलियम पदार्थमा पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू हुने

पेट्रोलियम पदार्थमा पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू हुने

नेप्लिज डायस्पोरा

७, आषाढ २०७९
images
पेट्रोलियम पदार्थमा पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू हुने

काठमाडौं। पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू हुने  भएको  छ । नेपाल आयल निगमले आगामी  साउनदेखि  डिजेल  र  पेट्रोलमा पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू गर्ने  भएको  हो  ।

स्वचालित मूल्य प्रणाली लागू हुँदा अन्तर्राष्ट्रिय बजार मा मूल्य बढ्दा बढ्ने  र  घट्दा घट्ने  हुन्छ ।

सरकारको आगामी आर्थिक वर्ष २०७९/८०  को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागू गर्ने उल्लेख छ । सोही अनुरूप स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयन गर्न लागिएको हो ।

यसअघि २०७१ असोज  २४  देखि  पेट्रोलियम  पदार्थमा  स्वचालित मूल्य  प्रणाली  लागू  गरिए  पनि  प्रभावकारी  कार्यान्वयनमा आउन सके को  थिएन ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.   गणेशप्रसाद   पाण्डेले पेट्रोलियम पदार्थको आपूर्ति  व्यवस्था  सहज  गर्न  मूल्य  बढाउनुपर्ने सरकारको बाध्यता रहेको  बताए  । यो समाचार गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :आषाढ ७, २०७९ मंगलवार - १०:१३:३३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend